Local Election result

गुलरिया–१ मा कांग्रेसको प्यानल नै विजयी

बिज्ञापन

गुलरिया । गुलरिया नगरपालिका–१ को वडा कार्यसमितिमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। नेकपा एमालेका रामसुमिरन यादवलाई ३३५ मतले पछिपार्दै कांग्रेसका जोगीराम थारु प्यानलसहित विजयी भएका हुन्।

थारुले १ हजार ३३९ मत प्राप्त गरेका छन्। प्रतिद्वन्दी एमालेका यादवले १ हजार ४ मत प्राप्त गरे। नेकपा माओवादी केन्द्रले २ सय ४८ मत प्राप्त गरेको छ। कुल ३ हजार ८८ खसेको मतमध्ये ९८ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ। अध्यक्षमा जोगीरामसहित महिला सदस्य, दलित सदस्य र दुई जना सदस्य नेपाली काँग्रेसबाट विजयी भएका छन्।
सोही वार्डबाट नगरप्रमुख पदमा नेपाली कांग्रेसका मुक्तिनाथ यादवले १ हजार २९९ मत र उपमेयर सावित्रा गौतमले १ हजार २८८ मत प्राप्त गरी अग्र स्थानमा छन्।

एमालेबाट नगरप्रमुख पदका उम्मेदवार अमरबहादुर खड्काले ६ सय ८३ र उप्रमुख टिका संसेलीले ७ सय २९ मतले पछ्याउँदै छन्। गुलरिया नगरपालिका वडा नम्वर २ को मत गणना शुरु भएको जनाईएको छ।

बिज्ञापन
बिज्ञापन