विज्ञापन

अछाम । जिल्ला समन्वय समिति अछामको प्रमुखमा कांग्रेसले ललित कुँवरलाई उम्मेदवार बनाएको छ । कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर र प्रदेश महामन्त्री मेघराज खड्काले जिल्लाबाट सिफारिस भएका कुँवरलाई उम्मेदवार बनाएका हुन् । उनी जिल्लामा कांग्रेसका पुराना नेता र किसान संघका जिल्ला अध्यक्ष पनि हुन् । यस्तै कांग्रेसबाटै जिल्ला समन्वय समितिको उपप्रमुखमा दानमती बम शाही उम्मेदवार बनकी छन् ।
अछाममा कांग्रेसको जिल्ला समन्वय समिति एकल बन्न सक्ने अवस्था छ । १० स्थानीय तह रहेको अछाममा कांग्रेस एक्लैको ११ मत छ । यस कारण पनि जिल्ला समन्वय समितिको प्रमुख–उपप्रमुख कांग्रेसकै बन्ने पक्का छ । कांग्रेसले अछाममा सात पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख जितेको छ ।
अन्य समाचारहरु
जनार्दनलाई महासचिव बनाउने प्रचण्डको तयारी !
मन्त्री हेरफेरबारे एकीकृत समाजवादीका १० सांसदको असन्तुष्टि
देउवाले बालेनलाई भने– चमत्कार गर्नुभयो, मलाई चौबीसै घण्टा सम्झन सक्नुहुनेछ