अनौठो

गोहीसँग विवाह गरे एक मेयर

बिज्ञापन

हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । कोहीले कुकुरसँग त कोहीले आफैँसँग विवाह गरिरहेका छन् । यस्तै एउटा अचम्मको विवाह मेक्सिकोमा भएको छ । मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे । यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ ।

बिज्ञापन

सात वर्षको गोहीसँग भयो विवाह

रोयटर्सका अनुसारस्यान पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरे । विवाहको अवसरमा गोहीलाई सेतो पोसाकसमेत अन्य रङ्गीन कपडा लगाइयो । मेयर दुलहाले गोहीलाई चुम्बन पनि गरे । यद्यपि, गोहीको मुख बाँधिएको थियो ।

सयौँ वर्ष पुरानो परम्पराअन्तर्गत भयो विवाह

यो परम्परा अन्तर्गत गोहीलाई एउटा सानो राजकुमारीको रुपमा लिइन्छ, जो  धर्ती माताको प्रतिनिधित्व गर्ने देवी हुन् । मेयरको गोहीसँग विवाहलाई मानिसलाई ईश्वरसँग जोड्ने प्रतिकको रुपमा लिइएको छ ।

‘यसले मलाई असाध्यै खुसी दिलाएको छ र आफ्नो धरातलप्रति गर्व महसुस गराएको छ,’ एलिया एदिथ आगुइलरले भनिन् । एलियालाई धेरैले गडमदर भनेर चिन्छन् र उनैले यो विवाहको आयोजना गरेकी हुन् ।

बिज्ञापन