काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ सय कायम गरिएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ६०० तोकिएको छ । आइतबार ८ सयले बढेर छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर रह्यो । चाँदी प्रतितोला एक हजार ३६५ कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ९४१ डलर आसपास कारोबार भइरहेको छ ।
अन्य समाचारहरु
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्याे ?
सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो ?
सामाजिक सुरक्षामा १२ खर्ब ८० अर्ब २५ करोड बजेट