विज्ञापन

काठमाडौं । सुनचाँदी बजारमा मंगलवार छापावाल सुनको मूल्य प्रतितोला १८ सयले घटेर एक लाख ५०० रूपैयाँ कायम भएको छ ।
अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ३०० रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तोकिएको छ । जसको मूल्य सोमवार प्रतितोला एक लाख एक हजार ८०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३५ रूपैयाँले घटेर १३८० रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।
विज्ञापन

अन्य समाचारहरु
बैंक ब्याजदर घट्दो क्रममा :गभर्नर अधिकारी
भारतले आज बजेट सार्वजनिक गर्दै
नेपालमा भारतीय रुपैयाँ व्यापारी हरुले सटहीगर्दा घटाएर दिन थाले गुनासो