June 2, 2023

मालिका समाचार

देशकाे ऐना

सरकारलाई गाली मात्रै हैन सकारात्मक सुझाव सहित सहयोग गरौ :नेत्रहिन अध्यक्ष

टीकापुर ६ साउन
सोमबार जन्मदिनको अवसरमा टीकापुर नगरपालिकालाई बगैंचा सहितको १२ वटा गमला हस्तान्तरण गर्दै नेत्र हिन संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष ,सामाजिक अभियानता तथा टीकापुर नगरपालिका हिमालय मा.बि घियाका अध्यापक अर्जुन रावलले आफुले सरकारका हरेक राम्राकामको प्रसंशा र नराम्रा कामको बिरोध गर्दै आएको बताउनु भयो ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

अगाडि थप्नु हुन्छ अब नेपाल निर्माणका लागी सहजतामा बिदेश र असहजतामा स्वदेश गर्ने प्रभृतीको अन्त गर्नु पर्दछ
अर्जुन रावलले आफैले संसार देख्न नसके पनि धेरैलाई संसार देखाउने बाटो अगालेको भन्दै नगर प्रमुख तपेन्द्र रावलले अर्जुन रावल लाई धन्यवाद दिदै अर्जुन बाट अझै धेरै सिक्नुपर्ने कुरा रहेको बताउनु भयो ।

विगत लामो समय धनगढीको बसाइमा अर्जुन रावलले धनगढीको सडक फराकिलो बनाउने अभियान संचालन गरि आन्दोलननै सफल पारेको उदाहरण रहेको बताउनु भयो आज धनगढी अत्तरिया सडकको विकसित रुपमा अर्जुन रावलको ठुलो भुमिका रहेको छ।

विज्ञापन