खेलकुद

ग्रामिण र बिकट क्षेत्रमा पनि खेलकुद संरचनाको विकास हुनुपर्नेः साँसद बोगटी

बिज्ञापन

अछाम । नेकपा एमालेका केन्द्रिय सदस्य तथा अअछाम क्षेत्रनम्वर २ का प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले सहरी क्षेत्रमा मात्रै नभई ग्रामिण र बिकट क्षेत्रमा पनि खेलकुद संरचनाको विकास हुनुपर्ने बताउनुभएको छ ।

बिज्ञापन

मंगलसेनमा सम्पन्न मेयरकप भलिवल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै साँसद बोगटीले खेलाडिलाई चाहिएका बेलामा मात्रै प्रयोग गर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।
हरेक स्थानीय तहले आफ्नो पालिकामा कम्तिमा एउटा खेलग्राम निर्माण गर्नुपर्ने भन्दै बोगटीले आफुले संसदमा पनि खेल क्षेत्रको विकासका लागि आवाज उठाएको उल्लेख गर्नुभयो ।

खेलाडीहरुले पनि आफ्नो दैनीक मेहनत खेलक्षेत्रमा दिनुपर्ने उल्लेख गर्दै साँसद बोगटीले खेल क्षेत्रको विकासका लागि सबैले आ आफ्नो तर्फबाट प्रयत्नशिल हुनुपर्द्दे बताउनुभयो ।
नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख टोप बहादुर रावल बिशिष्ट अतिथि रहनुभएको थियो । बिशिष्ट अतिथि रावलले खेलकुदका कारणले व्यक्तिको शारिरिक र मानसिक विकासमा योगदान पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बोहरा, नेपाली काँग्रेसका जिल्ला सहसचिव दिनेश स्वार, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा जल्ला सह इञ्चार्ज लोक बहादुर बोगटी र राष्ट्रिय रेफ्री मीन बहादुर बुडथापाले मन्तव्य राख्नुभएको थियो ।

बिज्ञापन