कृषि

सलह भित्रीए संगै भोकमरी हुने खतरा

बिज्ञापन

काठमाडौ ७ असार
नेपालमा फट्याङ्रा प्रजातीको किरा सलह प्रवेश गरेको छ । शनिबार बिहान ७ बजे देखि ८ बजेको समयमा पुर्बी तराईको विभिन्न सीमाबाट नेपालमा सलह प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ ।

मन्त्रालयको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईका अनुसार सलह भैरहवा, पर्साको पर्सागडि गाउँपालिका, बाराको डुमरवाना र सर्लाहीको नवलपुर हुदै रुपन्देहीको बुटवल सम्म देखापरेको छ । ‘हिजोअस्ती दक्षिणतर्फबाट उत्तरतर्फ बगेको हावाको बेगले उक्त फट्याङग्रालाई भारतको विहार राज्यको विभिन्न ठाउँबाट नेपालमा ल्याइ पुर्‍याएको हुनसक्ने हुमागाईले भने,‘ यो सलह बथान नै नेपालमा प्रवेश गरेको हो वा तितरबितर भएर आएको हो, त्यो बारेमा पनि अध्ययन जारी रहेको बताए । ’उक्त कुराको अध्यनका निम्ति कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च उत्कृष्ट क्यामेराबाट यो सलहको टाउको, पेट, एन्टीना, आकार-प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ । यो सलह नेपालमा छिरेपछि केन्द्रले दिउँसो उच्चस्तरीय कार्यदलको बैठक समेत डाकेको छ । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो सलह नछिर्ने दावी गरेको थियो ।

यो सलहको एक बथान अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि सलहको बथान प्रवेश गरेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (F.A.O) काअनुसार एक वर्ग किलोमिटर क्षेत्रमा फैलिएर बस्ने एउटा बथानमा झण्डै चारदेखि आठ करोड संख्यामा रहन्छन । एक दिनमा सलह हरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न क्षमता राख्द छ। सलहको एउटा बथानले एक दिनमा करिब ७० हजार मानिसलाई एकपटक पेटभर खान हुने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । साथै एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उड्दै आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

बिज्ञापन

सलह सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमता भएकाले प्रवेश गरेको स्थानमा ठूलो भोकमरी र अनिकाल पर्ने गरेको हुमागाईले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply