धनगढी । जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पुनः स्वागत गरेका हुन् ।

बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा उनी पनि भट्टराईसँगै नयाँ शक्तिमा गएका थिए । नयाँ शक्ति जनता समाजवादी पार्टीमा समाहित भएपछि कुन्दन सुदूरपश्चिम प्रदेश अध्यक्ष थिए ।
उनीसँगै जनता समाजवादी पार्टी सुदूरपश्चिमका अन्य नेता कार्यकर्ताहरु पनि माओवादीमा फिर्ता भएको बताइएको छ । उनी माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्य पनि थिए ।

उनले फेसबुकमार्फत् आज मात्रै पार्टी परित्यागको घोषणा गरेका थिए । उनले लेखेका छन् ‘आजबाट जसपा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको घोषणा गर्दछु ।’
अन्य समाचारहरु
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन चीन सहयोग गर्न तयार छ: अग्नि सापकोटा