विज्ञापन

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७, बागरेस्थित अन्दाजी ३५/४० वर्षीया एक महिलाको शव फेलापरेको छ । गए राति चाँगुनारायण नगरपालिका–७, बागरेस्थित तरकारी खेती हुँदै आएको जग्गामा टिनको कच्ची टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव फेलापरेको हो ।
मृतक महिलाको घाँटी अगाडिको भागमा गहिरो चोट, शरीरका अरू भागहरूमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जानकारी दिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ । मृतक महिलाको अहिलेसम्म पहिचान खुलेको छैन ।
अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ