विज्ञापन

विराटनगर । कर णीको आरोप लागेका प्रहरी जवान मृत भेटिएका छन् । विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय प्रहरी जवान जितविक्रम दहाल झुण्डिएको अवस्थामा आइतबार बिहान मृत भेटिएका हुन् । दाहालको शव घरनजिकको भोगटेको रुखमा गाम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
मृतक दाहाल सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत थिए । दाहालमाथि महिलामाथि करणीको प्रयास गरेको आरोप थियो भने उनीविरुद्ध सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमा बस्दै आएका थिए । गत पुसदेखि निलम्बनमा परेका उनी मुद्दा विचाराधिन रहेकै अवस्थामा मृत भेटिएका हुन् ।
विज्ञापन

अन्य समाचारहरु
भारतको झारखण्डमा आगलागीमा परी १४ जनाको मृत्यु
अनथालयमा यौन शोषण गरेको आरोपमा प्रमुख पक्राउ
आमा माथी बन्चरोप्रहार गरिहत्या गरि फरार अभियुक्त पक्राउ