घटना समाचार

भारतको हरियाणामा आगोले जलेर १४ वर्षीय नेपालीको मृत्यु

बिज्ञापन

हरियाणा । भारतको हरियाणा हिसारमा भएको आगलागीमा परेर एक जना नेपालीको ज्यान गएको छ । मंगलबार हिसारमा रहेको राम चाट भण्डारमा आगो लाग्दा अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिज्ञापन

उनी तीन महिना अघि मात्रै बुवालाई भेट्न भारत गएका थिए । त्यसपछि उनले भारतमै काम गर्न थालेका भीमबहादुरको बुवालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भीमका बुवा हुबबहादुरले गाउँका अन्य पाँच जना पनि राम चाट भण्डारमा नै काम गर्ने बताउनु भएको छ । आगो लागेपछि उनीहरुले भागेर ज्यान जोगाएका तर भीमबहादुर सुतेकाले उनको ज्यान गएको खबरमा उल्लेख गरिएको छ ।

प्रहरीले भीमको पोस्टमार्टम गरी शव बुझाएको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । छत्रदेव गाउँपालिका– ३ का वडा अध्यक्ष चेतप्रसाद खनालले भारतमा बालकको ज्यान गएको पुष्टि भएको बताउनु भएको छ ।

बिज्ञापन