स्वास्थ तथा सरसफाइ

दाङमा हात्तीपाईले रोगको जोखिम उच्च

बिज्ञापन

तुलसीपुर । दाङमा विभिन्न समयमा गरिएको सर्वेक्षणमा अझै पनि हात्तिपाइले रोगको जोखिम उच्च देखीएको छ । जिल्लामा विभिन्न समयमा गरिएको सर्वेक्षण अनुसार हाल चार प्रतिशत नागरिकमा संक्रमण देखीएको छ । २०७८ मा सिसहनिया र रामपुरको सुर्केडाँडाका ६४४ जनामा हात्तीपाईले रोग संक्रमणको परीक्षण गर्दा २६ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ । जुन ४.० प्रतिशत हो ।यो तथ्याङकको आधारमा हात्तीपाईले रोगको जोखिम कायमै रहेको देखीन्छ । हात्तीपाईले रोगको सर्वेक्षणमा दुई प्रतिशत सम्म हुनु स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार सामान्य मानिन्छ ।

बिज्ञापन

तर पछिल्लो सर्वेक्षणमा अझै चार प्रतिशत देखीएको छ । यसलाई दुई प्रतिशतमा झार्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो । यस पटक आम नागरिकलाई हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गराई दुई प्रतिशत वा त्यो भन्दा कम प्रतिशतमा झार्ने लक्ष्य राखेको उहाले बताउनुभयो ।जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार २०७२ सालमा सिसहनिया र रामपुरमा ६३४ जनाको हात्तिपाइले रोगको परीक्षण गर्दा ७९ जनामा पोजेटिभ भेटिएको थियो । जुन कुल परीक्षणको १२.४ प्रतिशत हो ।
त्यसैगरी २०७४ सालमा टरिगाउँ र सिसहनियामा ६०३ जनामा परीक्षण गर्दा ३८ जनामा पोजेटीभ देखिएको छ । यो कुल परीक्षणको ६.३ प्रतिशत हो । विगतको तुलनामा पछिल्लो समय विभिन्न चरणमा गरिएको सर्वेक्षणको आधारमा हात्तीपाईले रोगको संक्रमण जोखिम कम हुदै गएको छ । जिल्लामा प्रत्येक वर्ष हात्तीपाईले रोग विरुद्धको औषधी सेवन अभियान संचालन गरेपनि आम नागरिकले नखाईदिदा समस्या हुने गरेको उहाले बताउनुभयो । यस वर्ष लक्ष्य अनुसार औषधी खुवाउन सकेमा जोखिम धेरै कम हुने उहाले बताउनुभयो । जिल्लामा सन २०११ देखी औषधी सेवन अभियान सुरु भएको हो । यस पटक १२ औँ चरणको औषधी सेवन अभियान अन्र्तगत जिल्लाभर छ लाख बढि नागरिकलाई औषधी खुवाउने लक्ष्य राखेको उहाले बताउनुभयो ।

अनिवार्य औषधी सेवन गर्न अपिल
हात्तीपाईले रोग विरुद्धको औषधी बारे भ्रम सिर्जना गरेकै कारण समस्या भईरहेको छ । रोग विरुद्धको औषधी सेवन गर्नु राम्रो कुरा हो, खानु पर्छ भन्ने सन्देश प्रवाह गर्नुको साटो खानु हुन्न ,खाँदा समस्या हुन्छ, खानु पर्दैन ? लगाएतका अनावश्यक कुराले नागरिकहरुले औषधी सेवन गर्न छोडेको जानकारहरु बताउँछन् । यस्ता खाले भ्रामक कुरा पछि नलागेर अनिवार्य औषधी सेवन गर्न स्वास्थ्य कार्यालय दाङले सवैमा अपिल गरेको छ ।

रोगको लक्षण
स्वास्थ्य कर्मीहरुका अनुसार यो रोगको लक्षणहरु सबैजसो संक्रमित मानिसहरूमा कुनै पनि किसिमको देखिदैन । यदि संक्रमित मानिस पोजिटिभ भएको खण्डमा राती रक्त नमुना संकलन गरि जाँच गरिएमा रगतमा परजीवि देखिन सक्दछ । यो औषधि खाली पेटमा खाएको अबस्थामा भने केहि सामान्य असर गर्न सक्दछ ।औषधि खाने ब्यक्तिको शरीरमा हात्तिपाईले रोगको परजीवि भएको अवस्थामा औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने समस्या हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन । यदि त्यसो भएमा औषधीले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्दछ । ती लक्षणहरु केहि घण्टा भित्रमा आफैं हराएर जाने हुन्छ । यो औषधि दुई बर्ष उमेर नपुगेका र ९० सेमि भन्दा कम उचाइ भएका वालवालिकाहरू,गर्भवती तथा सात दिन सम्मका सुत्केरीहरु र छारे रोगको समस्या भएका सिकिस्त व्यक्तिहरुले सेवन गर्न नहुने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।

बिज्ञापन