
काठमाण्डौ । चीनमा कोरोना भाइरस उत्पत्ति भएयताकै धेरै व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । हिजो चीनमा तीन हजार चार सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो सङ्ख्या कोरोना सुरु भएयताकै दैनिक धेरै सङ्ख्या भएको बीबीसीले जनाएको छ ।
अस्ति शुक्रवार पनि चीनमा एक हजार आठ सय जनाभन्दा धेरैमा सङ्क्रमण देखिएको थियो । दिनदिनै दोब्बरभन्दा धेरैले सङ्क्रमित थपिन थालेपछि सरकारले केही राज्यमा कडा लकडाउन गरेको छ । चीनकै ठूलो व्यापारिक सहर शङ्घाईमा सरकारले स्कुल बन्द गराएको छ भने उत्तर पूर्वी सहरहरू जिलिन र याञ्जीमा लकडाउन लगाएको छ । यस्तै ९० लाख जनसङ्ख्या भएको चाङचुन क्षेत्रमा पनि लकडाउन सुरु भएको छ ।

कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको खबरमा उल्लेख छ । चीन सरकारले देशलाई शून्य कोरोना सङ्क्रमित देश बनाउने अभियान चलाए पनि पछिल्लो समय दिनदिनै सङ्क्रमित बढ्न थालेपछि चिन्ता थपिएको जनाएको छ । सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ ।
अन्य समाचारहरु
अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प
मलाई अदालतमै हत्या गर्ने योजना बनेको छ, भर्चुअल सुनुवाइ होस् : इमरान खान
युक्रेनी पुरुषलाई देश छाड्न प्रतिबन्ध