आस्था /आध्यात्म

आध्यात्मिक विचार धाराले संसारलाई एक बनाउने कार्य गर्दछ– नर बहादुर रावल (अध्यक्ष, स.नि.म. नेपाल)

बिज्ञापन

गुटु–सुर्खेत, २० कार्तिक । सुर्खेतको गुटुमा आयोजित विशाल सत्संग कार्यक्रमलाई सम्बोधित गर्दै सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले आध्यात्मिक विचार धाराले संसारलाई एक बनाउने कार्य गरेको बताउनु भएको छ ।

उहाँले निरंकारी मिशनको मूल नारा नै ‘धर्मले जोड्छ, तोड्दै’ रहेको छ । संसारमा आफूलाई धार्मिक भन्नेहरु धर्मको नाममा विभाजनको खाल्डो खनिरहेका छन्, संसारलाई जाति, धर्म, सम्प्रदाय, भूपरिवेशको नामबाट विभाजित गर्न खोजि रहेका छन् । मानवलाई मानवसंग लडाउन खोजिरहेका छन् । तर वास्तविक आध्यात्मिक विचार धाराले कसैलाई तोड्दनै, उल्टै त्यसले संसारलाई एक बनाउने कार्य गर्दछ । त्यहि विचार बोकेको यो निरंकारी मिशन अध्यात्मिक विचार धारा हो । आज हामी सुनिरहेका वा देखी रहेका छौ कतै मन्दिरलाई लिएर, कतै मस्जिदलाई लिएर, कतै गिरजा घरलाई, लिएर, कतै गुरुद्वारालाई लिएर विवाद भैरहेका छन् तर बाबा गुरवचन सिंह जी महाराजले जब विश्व कल्याण यात्रा गर्नुभयो तब विशाल कार्यक्रम कहाँ राख्ने भन्ने विषयमा विदेशमा कि देशमा कि मन्दिरमा कि मस्जिदमा कि गिरिजा घरमा आदि ठाउँमा राख्दा एक–अर्को धर्म मान्नेहरु नआउन सक्छन् तब बाबा जीले सिनेमा घरमा विशाल कार्यक्रम राख्नुभयो, यो मिशनको इतिहास रहेको छ । यस्तो किसिमको निरंकारी मिशनको विचार रहेको छ । सबैलाई एक ठाउँमा, एक रंगमञ्चमा, एक छाता मुनि आवद्ध गर्ने मिशन छ भने त्यो केवल निरंकारी मिशन रहेको छ । यो सबै धर्मको साझा मञ्च हो, यो सनातन हो । सनातनि मिशन भनेको निरंकारी मिशन बाहेक संसारमा अरु कुनै पनि मिशन छैन । हाम्रा जतिपनि रितिरिवाजहरु रहेका छन् ती सबै परिवर्तन रहेका छन् । रितिरिवाजको नाम विगतमा धेरै दंङ्गाहरु भए । ती सबै समय अनुसार परिवर्तन हुँदै आएको इतिहास हामी सामु रहेको छ । अनेकौं प्रथा–परम्पराहरु परिवर्तन भएर आए तर आज परमात्मा भने कुनै परिवर्तन भएको छैन । हिजो पनि त्यही थियो आज पनि त्यहि नै रहेको छ तर त्यसको जानकारी हामी कसैलाई थिएन । जस्तै मृगको नाभीमा कस्तुरी रहेको हुन्छ तर त्यसले त्यो कस्तुरी कहाँ छ भनेर वन–वनमा खोजी रहेको हुन्छ तर त्यसलाई पाउन सक्दैन, त्यो त्यसैसंग रहेको हुन्छ । त्यस्तै प्रकार राम त हामीसंगै रहेछ, त्यसको जानकारी आज हामीलाई सत्गुरुको कृपाबाट जानकारी भयो । त्यस्तै पानीमा माछा प्यासी हुन्छ, त्यसले पनि पानी खोजी रहेको हुन्छ, यो सुन्दा हामीलाई विश्वास नलाग्न सक्ला कि कतै माछा पनि पानीमा रहेर पानीको प्यासी हुन्छ भनेर तर विज्ञानले नै प्रमाणित गरेको छ । माछालाई पानीको प्यास मेटाउनको लागि त्यसले विधि अपनाउनु पर्ने हुन्छ त्यसपछि मात्र त्यसको पेटभित्र पानी जाने गर्दछ । हामीले देख्ने गरेका छौ कि माछाले तलाउ, पोखरी, नदी आदिमा माछाले माथिबाट तल हाम फाल्ने गर्दछ । पानी पिउनको लागि माथि आउँछ र त्यसपछि तल जान्छ अनिमात्र माछाले पानी पिउन सक्छ । यदि यो विधि त्यसले नअपनाएको खण्डमा पानी त्यसको पेटमा जान सक्दैन । त्यस्तै प्रकारले दूधमा नौनी रहेको हुन्छ । दूधलाई हत्केलामा हाल्दा त्यहाँ नौनी आउँदैन केवल दूधको थोपा मात्र आउने गर्दछ, त्यस्तै तोरीलाई तेल भन्ने गर्दछौ तर तेललाई निकाल्नको लागि कोलमा पेल्नु पर्दछ अनि मात्र तेल निस्किने गर्दछ । त्यस्तै दूधबाट नौनी निकाल्नको लागि माथ्नु पर्दछ अनिमात्र नौनी निकाल्न सकिन्छ । त्यस्तै प्रकार हामी राम–राम, हरे कृष्ण–हरे कृष्ण, हरे कृष्ण–राम भन्छौ तर यसबाट केहि उपलब्धि हुनेवाला छैन जबसम्म हामी सत्गुरुबाट ब्रम्हज्ञानलाई पाउन सक्दैनौ । त्यसको लागि सत्गुरुको द्वारमा आउनु अति आवश्यक रहेको बताउनु भयो ।

उहाँले अगाडि भन्नुभयो, ‘कविर दासले पनि धर्मलाई जोड्ने कार्य गर्नुभयो र संसारलाई एक बनाउनुभयो । परमात्मा एक छ, यसै एक परमात्माका अंश हामी हौं । आज हामीले सत्गुरुबाट ज्ञान पायौं र हामीलाई थाह भयो कि सम्पूर्ण मानव प्राणी एक प्रभुका सन्तान रहेछन् । एउटै देशमा भएर पनि हाम्रो भाषा, रितिरिवाज, भेशभूषा रहन–सहन र विभिन्न धर्म–सम्प्रदाय, जात–जाति फरक रहेको छ तर मानवलाई सत्गुरुले एक बनाउनुभयो । ‘एकलाई जानौं, एकलाई मानौं, एक हांै’ हामीलाई सत्गुरुबाट ज्ञान नपाउनु अगाडि अनेकतामा रुमिल्लि रहेका थियौं, परमात्मालाई पनि हामी सानो र ठुलोको रुपमा गिन्ति गनिरहेका थियौं, मेरो भगवान ठुलो, तिम्रो भगवान सानो आदि भ्रमबाट हामी बाँची रहेका थियौ । त्यस्तै तपाई कसलाई मान्नु हुन्छ ? म ब्रम्हा जीलाई मान्छु, ब्रम्हाभन्दा ठुलो त बिष्णु हो, तर त्यसभन्दा ठुलो को त ? महादेव, देवको पनि महादेव, राम–कृष्ण आदि । आज संसारमा कोहि बौद्धिष्ट छन्, कोहि हिन्दु छन्, कोहि सिख–ईसाई, कोहि मुस्लिम छन् तर जब हामीलाई गुरुबाट ब्रम्हज्ञानको जानकारी प्राप्त भयो र हामीलाई थाह भयो कि यस संसारमा केवल एक निराकार छ र यस संसारमा बसोबास गर्ने सम्पूर्ण मानव प्राणी, जीव–जन्तु सबै एक ईश्वरका अंश हुन । हामीलाई यस परमपिता–परमात्मासंग नाता जोड्नु पर्छ भन्ने कुरा छर्लङ्ग भयो ।’

त्यस्तै आज निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभएर एक आध्यात्मिक विचार धारा हो । यो संसारमा बसोबास गर्ने सम्पूर्ण मानव प्राणीको साझा फूलवारी हो । यसमा सबै धर्म, सम्प्रदाय, जात–जाति, भेशभूषा, रहन–सहनलाई अंगाल्ने सबै आवद्ध रहेका छन् । सर्व धर्म, सम भावको यो निरंकारी मिशन हो, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले सत्गुरुको द्वारमा सबै आउन सक्दैनन्, जसले समर्पण भक्ति गरयो त्यसैले मात्र यसको द्वारमा ठाउँ पाउन सक्छ । जोसंग समर्पण रहेको हुन्छ त्यो मात्र यहाँ टिक्नु सक्छ, यो सबै वशको कुरा छैन । आज नेपालको सुदूरपश्चिमकै कुरा गर्ने हो भने पहिलेका सबै महापुरुषहरु टिकेका भए एक चौथाई महापुरुषहरुको संख्या हुने थियो तर यहाँसम्म आइपुग्दा सबै टिक्न सकेनन् । टिक्नको लागि समर्पण–भक्ति हुनु अति आवश्यक रहेको बताउनु भयो ।

हामी सबैको घर त निराकार रहेछ, आज हामीलाई जानकारी भयो, आज हामीसंग थुप्रै ठाउँमा घरै घर रहेका छन् तर ती घर हाम्रो वास्तविक घर नभएर केवल यो निराकार नै हाम्रो घर हो । जुन घर हामीले यहाँ बनाएका छौ त्यो घर केहि क्षणिकको लागि मात्र हो, यो निराकारको घर छ त्यो हाम्रो सधैंको लागि हो । त्यसैले आउ हामी पनि यस परमात्माको पहिचान गरेर सधैं सेवा, सत्संग, सुमिरण गर्दै मानव योनि पाएको सार्थक गरौं । जसले केहि समयको, आलटाल गरेर सत्संग गर्छ, त्यसको काम पनि निराकारले त्यस्तै प्रकारले गर्ने गर्दछ, जसले पूर्ण समर्पित भएर सत्संग गर्छ, त्यसको काम निराकारले पनि पूर्ण रुपमा गर्दछ, उहाँले बताउनु भयो ।

सत्संग कार्यक्रममा केन्द्रीय सदस्य तथा ज्ञान प्रचारक देवराज रिमाल, नेपालका क्षेत्रिय सेवादल संचालक नर बहादुर बटाला, सन्त निरंकारी नेपाली मासिक पत्रिका तथा मालिका समाचारका सम्पादक पूर्ण कुमाल, गुटु सत्संग भवनका मुखी तथा ज्ञान प्रचारक ऋषिराम सापकोटा, सत्संग भवन बीरेन्द्रनगर सुर्खेतका मुखी लिलाराम पुरी, ईन्द्र सिंह, तेज बहादुर बोहरा, विजय निरंकारी, प्रेम सिंह, नृप निरंकारी, रमेश जैगडी, कान्ति सापकोटा, मोति सिंह, मन बहादुर, टिका सिंह वान्तोला, प्रेम राम्जाली मगर, निशा, रेणुका, अमर, लोकेन्द्र, भक्त ब., अन्जना, रण बहादुर बलामीले भजन, कविता तथा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सुमन सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न ठाउँबाट सन्तहरुको उत्हावर्धक उपस्थिति रहेको थियो ।

बिज्ञापन
बिज्ञापन