राष्ट्रिय समाचार

सत्यमोहनको निधनबाट बितेको शताब्दीसँग साक्षात्कार गर्ने अवसर गुम्यो : ओली

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यमोहन जोशीको निधनबाट बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताएका छन् ।

उनको निधनबाट अत्यन्त दुःखी भएको भन्दै ओलीले जोशीप्रति श्रद्धासुमन व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । ओलीले ट्वीट गर्दै भनेका छन्, ‘ शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले अत्यन्त दुःखी छु । उहाँको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको छ ।’

संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन निधन भएको हो ।

बिज्ञापन
बिज्ञापन