प्रवास

मुम्बईमा होलि कार्यक्रम सम्पन्न

बिज्ञापन

मुम्बई । प्रवासी नेपाली संघ ( भारत ) माहाराष्ट्र राज्य अन्तर्गत पर्ने पुना नगर समितिद्वारा आयोजित बिशेष होलि कार्यक्रम २१ मार्च २०२२का दिन सभ्य र भब्य रूपमा सम्पन्न भएको छ । सो कार्यक्रममा पुना नगर समितिका अध्यक्ष रोहित लोहारको अध्यक्षतामा सचिव दिनेश ओडले कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली संघ ( भारत) का केन्द्रिय उपाध्यक्ष तथा पुना नगर समिति का जननी आदरणीय ब्याक्तित्व डम्बरबहादुर रावल रहनु भएको थियो ।

बिशिस्ट अतिथि प्रवासी नेपाली संघ ( भारत) का केन्द्रिय सचिवालय सदस्य जयसिंह आउजी रहनु भएको थियो।त्यसै गरि प्रवासी नेपाली संघ (भारत ) का केन्द्रिय सदस्य मुकेश कुवर, भोज कुमारी कार्की राज्य समिति सदस्य त्रिलोचन देवकोटा, झप्पर कडारा, मोहन लोहार, बखजन कुवर, टोपराज कुवर, भरत आउजी, टेकराज खड्का, ने क पा एमाले अछाम सा.न.पा १३ बाब्लाका निबर्तमान वाडा सदस्य भरत बाब्ली लगाएत अतिथि रहनु भएको थियो । सो कार्यक्रममा ज्ञातअज्ञात शहिदहरु प्रती १ मिनेट श्रद्धाञ्जली अर्पण गर्दै नेपाली राष्ट्रिय गित गाएर कार्यक्रम अघि बढेको थियो । कार्यक्रममा नेपाली प्रवासी संघ (भारत) पुना नगर समितिका सदस्य टिकाराम बि क ले उपस्थित अतिथि लाई स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए । बिशेष होलि कार्यक्रममा विभिन्न क्षेत्रबाट दाजुभाइ दिदिबहिनी र युवा–युवतिको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा पुना नगर समिति सदस्य प्रमोद साही, उपाध्यक्ष टेकराज खड्का राज्य समिति सदस्य त्रिलोचन देवकोटा झप्पर कडारा, भरत आउजी र केन्द्रिय सदस्य भोजकुमारी कार्की मुकेश कुवर केन्द्रिय सचिवालय सदस्य जयसिंह आउजी र केन्द्रिय उपाध्यक्ष तथा प्रमुख अतिथि डम्बरबहादुर रावलले आफ्नोे आफ्नोे बक्तव्य राख्नु भएको थियो । कार्यक्रम मा प्रमुख अतिथी रावलले प्रवासी नेपाली संघ (भारत) प्रवासी दाजुभाइ दिदीबहिनीको अभिभावक हो । यसले नीति नियम अनुसाशन र असल समाज निर्माण को लागि मुख्य भुमिका खेलेको जानकारी दिनु भयो।भारत प्रवासमा रहेका दाजुभाइ–दिदीबहिनीको न्यायको लागि संगठनको स्थापना गरेको बताउनु भयो । महिला र युवा नै संगठनका मुख्य शक्ति हुन उनीहरुको नै योगदान हुनु आवश्यक रहेको बताउनु भयो। प्रवासी नेपाली संघ शुख दुखको साथी हो यस्को जगेर्ना गर्नु र संघठित हुनुमा सबैको हित हुने बताउनु भयो । सबै प्रवासी नेपाली दाजुभाइ–दिदिबहिनीले आउदै गरेको २०७९ को स्थानीय निर्वाचनमा सामिल भएर प्रवास बाट आर्थिक भौतिक र नैतिक समर्थन सबै प्रवासिले जनाउन अपील गर्नुभयो।मतदान कार्ड भएकाले नेपाल गएर पार्टिलाई जिताउन आफ्नो योगदान दिनुपर्ने बताउनु भयो । यो समय पार्टी र जनताको हितमा लागेर सहयोग हुनुपर्ने बताउनु भयो।प्रवासी नेपाली संघ सामाजिक राजनीतिक र आर्थिक क्षेत्रमा ठूलो योगदान दिदै आएको र आगामी दिनमा पनि निरन्तर जोड रहने जानकारी गराउनु भयो । कार्यक्रममा सास्कृती र पारम्परिक मुल्य मान्यतामा आधारित होलि पर्व जोडदार मनाइयो।उपस्थित अतिथि को सम्मान गर्दै टीका ग्रहण गरेर होलि खेल खेलियो । महिला दिदीबहिनीले लोकप्रिय देवडा खेलेर आफ्नोे सास्कृतिको आनन्द लिनु भयो। कार्यक्रममा कलाकार मुम्बई कि रेखा केसर बि क ले दोहोरी र नृत्यमा राम्रो आफ्नो कला र गलाले उपस्थित समुहलाई रमाइलो मावलमा मख्ख बनाउनु भयो । केन्द्रिय सदस्य भोजकुमारी कार्की र मुम्बईकि रेखा (केसर बि क ) ले दोहोरी गाएर खुब आनन्द दिनुभयो ।

आगामी दिनमा पनि नेपाली प्रवासी संघ (भारत ) यस्ता सास्कृतिक र पारम्परिक कार्यक्रम गर्न नचुक्ने भन्दै उपस्थित सम्पूर्ण प्रवासी जनसमुदाय प्रति आभार प्रकट गर्दै संगठन लाई बलियो र चलाएमान बनाएर अघि बढन सबैलाई अनुरोध गर्दै पुना नगर समितिका अध्यक्ष रोहित लोहारले कार्यक्रम को समापन गर्नु भएको थियोे ।

बिज्ञापन
बिज्ञापन