काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई आईजीपी नियुक्त गरेको हो ।
विज्ञापन

यसअघिका आईजीपी शैलेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण यही चैत २८ गते अनिवार्य अवकाश पाएपछि एआईजी केसीलाई आईजीपी नियुक्त गरिएको हो ।
आईजीपीको दौडमा एआईजी केसी र रामशरण पौडेल थिए । उनीहरू दुवैले वैशाख १९ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् । वैशाख १९ पछि सशस्त्र प्रहरीमा फेरि नयाँ आईजीपी नियुक्ति हुनेछन् ।
विज्ञापन

अन्य समाचारहरु
पक्राउ परेका १८ जना अभियुक्तको बयान सकियो
भारत भ्रमण नेपालको हितका लागि महत्वपूर्ण अनुभूत भइरहेको छ : प्रधानमन्त्री
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता