काठमाडौं । भारतका पाँच राज्यमा भएको चुनावमा मतगरण अब अन्तिम चरणमा पुगोको छ र मतगरणा भइरहेको छ । उत्तर प्रदेश, पन्जाब, उत्तराखण्ड, मणिपुर र गोआमा विधानसभा चुनाव भएको थियो ।

चुनावको अन्तिम परिणाम घोषणा हुन बाँकी नै छ । तर, अहिलेसम्मको चुनावी नतिजाअनुसार चार ओटा राज्यमा भारतीय जनता पार्टीले अग्रता कायम गरेको छ ।
पन्जाबमा आम आदमी पार्टीले सरकारको नेतृत्व गर्ने निश्चित छ । उसले पन्जाबको विधानसभाको ११७ मध्ये ९२ सिटमा अग्रता कायम राखेको छ । जबकि बहुमतको लागि ५९ सिटमात्र आवश्यक हुन्छ । त्यहाँ भारतीय कांग्रेसले सत्ता गुमाउँदै छ ।
उत्तर प्रदेशमा भाजपाले ४०३ मध्ये २७० सिटमा अग्रता लिएको छ । त्यहाँ बहुमतका लागि २०२ सिट आवश्यक पर्छ । यस्तै, ७० सिट रहेको उत्तराखण्ड विधान सभामा बहुमतका लागि कम्तीमा ३५ सिट आवश्यक पर्छ । त्यहाँ भाजपाले ४८ सिटमा अग्रता कायम गरेको छ ।
यस्तै मणिपुरको ६० मध्ये ३१ सिटमा र गोआको ४० मध्ये २० सिटमा भाजपाले अग्रता कायम गरेको छ ।

यसरी पन्जाबबाहेक हाल चुनाव भएका सबै राज्यमा भाजपाको सरकार बन्ने निश्चितजस्तै छ ।
अन्य समाचारहरु
यो सरकारले अर्थतन्त्र बिकासको नेतृत्व गर्न सक्दैन : ओली
राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धि ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
देउवाले गरेका एकलौटी निर्णय अब मानिँदैन : महामन्त्री थापा