प्रवासस्वास्थ तथा सरसफाइ

भारतमा पुनः लकडाउन थपियो मे १७ सम्म लकडाउन रहने

बिज्ञापन

प्रवास सम्बादाता बैशाख १९
भारत सरकारले लकडाउन लाई निरंतरता दिने भएको छ ।

बिज्ञापन

लकडाउन मे १७ तारिख अर्थात जेठ ४ गतेसम्म सम्म गर्ने निर्णय भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले संक्रमणको तीव्रता सन्क्रमित भएको नभएको आधार मानी झोन बनाउने र सोको आधारमा खुकुलो र कडाइ गराउने सल्लाह संगै गृहमन्त्रालयले दुई हप्ताको लागि लकडाउन बढाएको हो ।

गृह मन्त्रालयले कोरोना भाइरसको जोखिम भएको क्षेत्रमा कडाइ गरिने र आवतजावतमा पूर्ण रुपमा रोक लगाइने जनाएको छ ।
गृह मन्त्रालयले निर्धारण गरेका झोन हरुमा ओरेन्ज र ‘ग्रीन जोनमा रहेका जिल्लाहरुलाई भने केही छुट दिइने बताएको छ ।

साथै हवाई उडान, रेल, मेट्रो र सडकमाफर्त हुने आवतजावतमा पनि रोक लगाइने छ । तर विशेष उदेश्यले गृहमन्त्रालयको अनुमतिमा भने चलाउन दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारत भरी सङ्क्रमितको संख्या ३५ हजार नाघ्यो

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या ३५ हजार नाघेको छ । कोरोना सङ्क्रमितमध्ये ९ हजार ६८ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

अहिलेसम्म १ हजार १ सयभन्दा धेरैको ज्यान गएको छ ।

भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको त्याहाको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा कोरोना भाइरस सङ्क्रमणका कारण ४५९ जनाले ज्यान गुमाएका छन् ।

बिज्ञापन

Leave a Reply