June 3, 2023

मालिका समाचार

देशकाे ऐना

भारतीय पुर्ब राष्ट्रपति को निधन

प्रवाह सम्बादाता
भदौ १५ नयाँदिल्ली
भारतका पुर्ब राष्ट्रपति पर्णव मुखर्जीको निधन भएको छ।
केहिदिन पुर्ब कोरोना पोजेटिभ रहेका मुखर्जी ८४ बर्षको उमेरमा अस्पतालमा निधन भएको कुरा उहाँका छोरा अजित मुखर्जीले टुइटरआइडी बाट टुइट गरेका छन।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

कोरोना पोजेटिभ रहेका मुखर्जीको ब्रेन सर्जरी पनि गरेको थियो ।प्रणब मुखर्जी सन २०१२मा भारतका राष्ट्रपति भन्नु भएको थियो भने उहाको कार्यकाल २०१७ सम्म रहेको थियो सन २०१९मा भारत रत्न पदकले सम्मानित हुनु भएको थियो ।

स्वास्थ्यमा देखिएको खराबीका कारण १० अगस्तमा दिल्ली को आर आर अस्पतालमा उपचार भैरहेको थियो उहाँको मस्तिष्कमा रगतको फोका जमेको डाक्टरले बताएका छ्न

विज्ञापन

भारतका राष्ट्रपति राम नाथ कोविन्द लगायत प्रमुख व्याक्तित्व हरुले टुइट गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।