27/01/2022

मालिका समाचार

देशको ऐना

सुदुरपश्चिम बिश्व विद्यालयमा अनेरास्ववियुले गर्‍यो सेनेटरी प्याड वितरण

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर १२ पुष
सुदुरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय टीकापुरमा अनेरास्ववियुले नंया एकाइ गठनको उपलक्ष्य सेनेटरी प्याड उपलब्ध गराएको छ।

विद्यार्थीहरुले आफ्नो थोरै बचतबाट, प्राथमिक उपचार तथा सेनेटरी प्याड हरु कलेजलाई उपहारस्वरूप हस्तान्तरण गरेको हो। साथै यस विषयमा कलेज प्रशासनको ध्यानाकर्षण पनि गेरेको छ। विभागीय प्रमुख डा. किरण प्रसाद भट्टले पनि, उक्त कार्यको प्रशंसा गर्दै अनेरास्ववियुद्वारा दिइएको उपहार विद्यार्थीलाई प्रयोग गर्नका निम्ति आफ्नै कार्यलयमा छुट्टै कक्ष निर्माण गर्ने प्रतिवद्दता जनाएको विश्वविद्यालय राष्ट्रिय कमिटी सहसचिव लुइस रिजाल मालीका समाचार लाई जानकारी गराए ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

उक्त कार्यक्रम हेमराज जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने यसको संचालन राष्ट्रियकमिटीको सहायतामा सचिव सुन्दर विश्वकर्माले गरेका थिए ।

यो संगै “जाडोमा न्यानो अनेरास्ववियु” भन्ने मुल नाराका साथ, विद्यार्थि हरुका आफ्ना प्रयोगमा नआएका तर आवस्यक भएको व्याक्ती हरुले प्रयोग गर्न मिल्ने कपडाहरु, थोरै मात्रामा भए पनि कर्णाली यातायात प्रा.लि द्वारा संचालन गरिएको कपडा बैंक लाई हस्तान्तरण गरेको छ।

विज्ञापन