अर्थ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आयल निगम घेराउ

बिज्ञापन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध विद्यार्थीहरुले नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा घेराउ गरेका छन् ।
आइतबार विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले तत्काल पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग राख्दै निगममा घेराउ गरेका हुन् । उनीहरुले मूल्य वृद्धि खारेज गर, बढ्दो महङ्गी नियन्त्रण गर लगाएका नारा लगाएका छन् ।
त्यस्तै उनीहरुले पेट्रोलियम पदार्थ घटाएर विद्युतिय सामाग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने जनाएका छन् । पछिल्लो पटक वृद्धि भएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १५५ र डिजेल तथा मट्टिटेल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । निगमले भने वृद्धि गर्दा पनि घाटा नै रहेको बताउँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन