विज्ञापन

काठमाडौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ ।
गएराति भएको खेलमा गुजरातले लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराएको हो। वान्खडे मैदानमा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेट्टायो ।
विज्ञापन

गुजरातका राहुल टेवाटियाले अविजित ४० रन बनाए । लखनउका दुश्मन्था चामिराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो ।
लखनउका दिपक होडाले ५५ रन तथा आयुष बाडोनीले ५४ रनको अर्धशतकीय पारी खेले ।गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले दुई विकेट लिए । गुजरात र लखनउ आईपीएलमा नयाँ थपिएका टोली हुन् ।
अन्य समाचारहरु
टीकापुरमा तेस्रो राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता शुरु
दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने
रोनाल्डो पोर्चुगलको राष्ट्रिय टिममा समावेश