खेलकुद

आईपीएलमा मुम्बईको पहिलो जित, राजस्थान ५ विकेटले पराजित

बिज्ञापन

मुम्बई । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । गएराति मुम्बईमा भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । मुम्बईका सूर्यकुमार यादवले ५१ रनको अर्धशतकीय पारी खेले ।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रशिद्ध कृष्ण, रविचन्द्र आश्विन, कुलदीप सेन र युजभेन्द्र चाहलले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

राजस्थानका लागि जोस बट्लरले ६७ रनको अर्धशतकीय पारी खेले । मुम्बईका हृतिक शोकेन र रिली मेरीदिथले दुईरदुई विकेट लिए । जितसँगै मुम्बईले पहिलो २ अङ्क जोडेको छ । यसअघि लगातार ८ खेलमा हार बेहोरेको मुम्बईले नवौँ खेलमा जित निकालेको हो ।

बिज्ञापन

मुम्बई अङ्क तालिकाको पुछारमा छ । राजस्थानको ९ खेलमा १२ अङ्क छ । राजस्थान दोस्रो स्थानमा रहेको छ ।

बिज्ञापन
बिज्ञापन