
मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नवप्रवेशी गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ ।
मुम्बईमा शुक्रबार राति भएको खेलमा गुजरातले पन्जाब किङसलाई ६ विकेटले हराएको हो । पन्जाबले दिएको १ सय ९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

गुजरातको जितमा सुबमन गिलले ९६ रनको अर्धशतकीय इनिङ खेले । यस्तै शाइ सुधर्शनले ३५ रन जोड्दा कप्तान हार्दिक पान्डयले २७ रन बनाए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
पन्जाबका लियाम लिभिङस्टोनले ६४, शिखर धवन ३५ रन जोड्दा जितेश शर्माले २३ रन बनाए भने राहुल चाहर २२ रनमा अविजित रहे ।
जितसँगै ३ खेलमा ६ अंक जोडेको गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको पन्जाब ४ खेलमा २ अंक बनाएर छैटौं स्थानमा छ ।
अन्य समाचारहरु
सयुक्त नेपाली महासंघ मुम्बईको बार्षिक खेलकुद कार्यक्रम सम्पन्न
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने