अनौठोविकास

कागजको हैन वास्तविक आयो नेपाली रेल

बिज्ञापन

काठमाडौं, असोज १धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । बिहीबार साँझ रेल जयनगर आएपछि हेर्नेहरु धनुषाको पूर्वी दक्षिणी क्षेत्रका स्थानीयहरु पुगेका थिए । आफ्नै ठाउँमा आउन लागेको रेल देखेर उनीहरु निकै हिर्षत भएका छन् ।

प्रधानमन्त्री के पी शर्मा ओलीले नौमहिने अल्पमतको सरकार रहेको बेला नेपालमा रेल र पानीजाहाज ,को संभावना रहेको र जसरी बिश्व बिकासमा अगाडी लम्की रहेको छ त्यसरी हामी पनि अगाडि बढ्ने सक्छौ भनी बोलेको कुरालाई लिएर केहि ब्याक्तित्व हरुले कागजको रेल र पानीजहाज बनाइ प्रधानमन्त्रीको उक्त भनाइ लाई ब्याङे गरेका थिए यसको उत्तर भने केपी शर्मा ओलि नेतृत्वको नेकपाको सरकारले व्यावहारमा उतारेर दिएको छ।
यो संगै बर्तमान सरकार प्रति जनताको बिश्वास झन बढेको छ।

भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन।

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

बिज्ञापन

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply