विज्ञापन

अछाम । जयगढमा मोटरसाइकलको ठक्करबाट १ बालक घाइते भएका छन् ।
विज्ञापन

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ जयगढ बिच बजार पिपल चौतारा नजिकै से ६ प ९१७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा जयगढ बसर्पाकमा बस्दै आएका १२ वर्षीय बिरु साउँद घाइते भएका हुन् ।
मोटरसाइकलको ठक्करबाट साउँदको बायाँ खुट्टा भाँचिएको छ । घाइतेलाई उपचारका लागी बयालपाटा अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसक्दा जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको बताईएको छ ।
मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जयगढ प्रहरी चौकीका हवलदार लाल बहादुर साउँदले जानकारी दिनुभयो ।
अन्य समाचारहरु
आलुको बोरामा राखी ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित दुई जना पक्राउ
श्रीमतीलाई जबर’जस्ती बला’त्कार गरेको आरोपमा श्रीमान् कारागार चलान
खोलामा डुबेर बालकको मृत्यु