Uncategorized

पुर्व मन्त्री बोगटीको देशभरी एमाले जिताउन अपिल

बिज्ञापन

अछाम जिल्ला बाट प्रतिनिधित्व गर्दै मन्त्री बनिसकेका जगत बहादुर बोगटी शारीरिक समस्याकारण चुनाव प्रचारमा अछाम पुग्न नसकेकोले मालिका समाचार मार्फत एमाले जिताउन अपिल गरेकाछ्न ।उहाले गरेको जस्ताको तस्तै अपिल हामीले सम्प्रेषण गरिदिएका छौ। अपिल आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहीनीहरूमा मेरो बिनम्र अपील। नेपाली दाजुभाइ तथा दिदीबहीनीहरू हाम्रो देश यही २०७९ मंसीर ४ गते हुन गइरहेको आम निर्वाचनमा नेकपा एमाले का उम्मेदवार हरूलाई सूर्य चिन्हमा छाप लगाई अत्यधिक मतले बिजयी हुन अनुरोध गर्दछु।

बिज्ञापन

आदरणीय दाजुभाइ तथा दिदीबहीनीहरू हामीले ब्याक्ती रोज्ने भन्दा पनि सच्चा देश भक्त, जनप्रेमी, विकास प्रेमी, सामाजिक समानता र समाजवाद उन्मुख उद्देश्य लिएको पार्टीलाई रोज्नुपर्छ। मुल कुरा नेता ( ब्याक्ती ) भन्दा पनि प्रधान हुन्छ भन्ने कुरालाई बिर्सनुहुँदैन ।

   न्याय प्रेमी दाजुभाइ तथा दिदीबहीनीहरू हाम्रो देश नेपालको अबस्था अर्ध सामन्ती, अर्ध औपनिवेशिक, पुजीपती, अर्ध पुजीपती तथा नोकरशाही, बैदेशीक दलाल पुजीपतीहरू जो अल्पसङ्ख्यक मा छन तिनीहरूकै हात्तमा बर्तमान देशको शासन सत्ता रहेको छ। बहुसङ्ख्यक मा रहेका नेपाली राष्ट्रिय पुजीपती बर्ग र निम्न पुजीपती बर्ग, किसानहरू,मजदुरहरू र सर्वहारा बर्गले बर्तमान बिदेशीको ईसारामा बनेको बर्तमान शासन सत्तालाई आफ्नो मताधिकार प्रयोग गरी सत्ताच्युत गर्नुपर्छ। 

यस्तो नगरे सम्म बिदेशीको ईसारामा चल्ने बर्तमान सरकारले नेपाल र नेपाली जनताहरू माथी कुशासन गरी रहनेछ। त्यसैले वहुसंख्यक निम्न वर्गको पक्क्षधर, सामाजिक समानता र समाजबाद उन्मुख पार्टी नेकपा एमाले का देश भरीका उम्मेदवारहरूलाई सूर्य चिन्हमा छाप लगाई अत्यधिक मतले बिजय गराउन हुन पुन अनुरोध गर्दछु।
देश भक्त अछामी अछाम जिल्ला वाशी दाजुभाइ तथा दिदीबहीनीहरू मा मेरो बिशेष अनुरोध यो छ कि हाम्रो सच्चा: समानता र समाजवाद उन्मुख पार्टी नेकपा एमाले मा सधै झै यस चुनावमा पनि नेकपा एमाले का उम्मेदवारहरूलाई सूर्य चिन्हमा छाप लगाई अत्यधिक मत दिएर बिजयी गराउनु हुने नै छ भन्ने मैले पूर्ण रूपमा बिस्वास र भरोसा गरेको छु।

प्यारा अछामी दाजुभाइ तथा दिदीबहीनीहरू यस भन्दा कतै अलमल्लीनु भएको छ भने पनी एमाले जस्तो सही र जनप्रिय पार्टी रोज्नु अनुरोध गर्दछु। जनप्रिय दाजुभाइ तथा दिदीबहीनीहरू मेरो केही अस्वस्थय कारण अछामी जनता माझ भेटघाट गर्ने तीब्र इच्छा हुदा हुदै पनि सम्भव नभएको कुरा अवगत गराउन चाहन्छु । मेरो स्वास्थ्य मा केही सुधार भयो भने देश भरीका साथी भाईहरू का साथै बिशेष गरी अछामी दाजुभाइ तथा दिदीबहीनीहरूलाई भेटघाट गरी आफ्ना मनका भावनाहरूलाई यहाहरू बिच राख्नेछु। बिशेष गरी अछामी दाजुभाइ तथा दिदीबहीनीहरूले गरेको ( दिएको ) न्यानोमाया र ममता मेरो मनमा सधै भरी बसेको छ ।

यस पाली म शसरीर उपस्थित हुन नसके पनि यसै बक्तब्यलाई मेरो बिनम्र अनुरोध सम्झी देशभक्त,बिकासप्रेमी, जनप्रिय तथा सामाजिक समानता र समाजवाद उन्मुख पक्क्षधर हाम्रो प्यारो पार्टी नेकपा एमाले का उम्मेदवारहरूलाई सूर्य चिन्हमा छाप लगाई अत्यधिक मतका साथ बिजय गराउनको निम्ती म अपील गर्दछु। न्याय प्रेमी दाजुभाइ तथा दिदीबहीनीहरू सच्चा पार्टी रोजी कुनै पनि कुनै पनि व्यक्तिले आफ्नो पार्टी प्रति ईमानदार र अनुशासित हुनै पर्छ ।

यो नेता तथा कार्यकर्ताहरूको कर्तव्य पनी हो । अतः देशी बिदेशी प्रतिक्रियाबादी तत्वलाई परास्त गर्दै देश र जनताको भलाइको लागी नेकपा एमाले का देश भरका उम्मेदवारहरूलाई सूर्य चिन्हमा लगाई अत्यधिक अत्यधिक मतले बिजयी गराउन फेरी एक पटक बिनम्र अपील गर्दछु।

जगत ब . बोगटी – पूर्व मन्त्री अछाम- मङ्गलसेन न.पा. २ मिस्तुर हाल- महालक्ष्मी न. पा. 5 टीकाथली ल. पु. ( काठमाडौं उपत्यका )

बिज्ञापन