राष्ट्रिय समाचार

जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोकियो

बिज्ञापन

भैरहवा, ९ जेठ । जजिरा एयरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । २०७९ जेठ ९ गते सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । विमान यात्रु ओरालेर एप्रोनमा छ ।
१२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरासतमा रहेका कैदी थिए । उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको थियो ।

बिज्ञापन

गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार हवाई जहाजको बाहिरी भागमा रगत देखिन्छ, तर रन वे मा कतै चरा देखिन्न ।

‘पाईलटहरुले अवतरणको क्रममा चरासँग ठोकिएको आशंका गरेका छन । तर, रन वे मा देखिनु पर्ने चरा देखिएन’, साहले भने, ‘चरा कतै ईन्जिनमा त गएन भनेर जहाज यही होल्ड भएको छ ।’

एयरलाइन्सका ईन्जिनियरले विमान चेकजाँच गरेपछि मात्रै उडान गरिने भएको छ । २ जेठदेखि गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलमा नियमित रूपमा सोमबार, बुधबार र शुक्रबार उडान गरिरहेको छ ।

बिज्ञापन