घटना समाचार

जम्मू कश्मीरको निर्माणाधीन सुरुङ दुर्घटनामा परि दुई नेपालीको मृत्यु

बिज्ञापन

जम्मू कश्मीरः । भारतको जम्मू कश्मीरको रामबन जिल्लामा जम्मू–श्रीनगर राष्ट्रिय राजमार्ग–४४ मा निर्माणाधीन सुरुङमा बिहिबार भएको दुर्घटनामा दुई जना नेपाली मारिएको खबर भारतीय सञ्चार माध्यमले दिएका छन् । उक्त सुरुङको एक भाग भत्किएको दुई दिन पछि २०७९ जेठ ७ गते शनिबार थप नौ शवहरू निकालिएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।
बेपत्ता सबै कामदारको शव भेटिएपछि जेठ ७ गते शनिबार साँझ दुई दिन लामो उद्धार कार्य सकिएको ती अधिकारीहरूले बताएका छन् । उक्त दुर्घटनामा मृत्यु हुनेमा पश्चिम बंगालका पाँच, जम्मु–कश्मीर र नेपालका दुई–दुई र असमका एक–एक मजदुर रहेका छन् । दुर्घटनामा मारिएका दुई जना नेपालीको नाम २६ वर्षीय नवराज चौधरी र २५ वर्षिय कुशीराम भएको वताइए पनि उनीहरूको ठेगाना खुलाइएको छैन ।

दुर्घटनामा ज्यान गुमाएका १० मजदुरका परिवारलाई १६ /१६ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिइने एक वरिष्ठ सरकारी अधिकारीले जेठ ७ गते शनिबार जानकारी दिएका छन् ।

यसअघि २०७९ जेठ ५ गते बिहीबार सवा दश बजे राति राजमार्गमा रामवनको खूनी नाला नजिकै टी ३ सुरुङ खस्दा एक मजदुरको मृत्यु भएको थियो भने तीन जनाको उद्धार गरिएको थियो । बाँकी नौ जनाको शव जेठ ७ गते शनिबार दुर्घटनास्थलबाट निकालिएको थियो ।

यसअघिका अधिकारीहरूले आयोजनाको काम सुरु भएलगत्तै निर्माणाधीन सुरुङको एक भाग भत्किएको बताएका थिए तर जेठ ७ गते शनिबार रामबनका उपायुक्त (डेपुटी कमिश्नर) मसरतुल इस्लामले भारतको राष्ट्रिय राजमार्ग प्राधिकरण (एनएचएआई) लाई उद्धृत गर्दै निर्माणाधीन टी–४ को मुखमा पहिरो गएकाले दुर्घटना भएको वताउनु भएको छ ।

बिज्ञापन

इस्लामले ट्वीट गरे, ‘एनएचएआबाट स्पष्टीकरण पछि, खूनी नाला नजिकको सुरुङ भत्किएको छैन । राति सुरुङको मुखमा एउटा कम्पनीका कामदार काम गरिरहेका बेला पहिरो खसेको थियो । उद्धार कार्य जारी छ ।’

२०७९ जेठ ६ गते शुक्रबार एक जनाको शव फेला परेको छ भने दुई स्थानीयसहित तीनजनाको उद्धार गरिएको र उनीहरूको अवस्था स्थिर रहेको छ ।

धेरै घण्टाको गहन खोजी पछि जेठ ७ गते शनिबार अर्को शव बाहिर निकालिएको थियो । चट्टान मुनिबाट शव निकाल्न उनीहर्लाई दुई घण्टाभन्दा बढी समय लागेको थियो । पछि थप आठ शव बाहिर निकालियो ।

“दिनभरको कठिन खोजीका क्रममा उद्धारकर्ताहरूले सुरुङको मुखबाहिर पहिरो खसेको ठाउँबाट हराएका सबै कामदारको शव निकाले,” उपायुक्तले भने । पहिला एक जनाको शव फेला परेको थियो भने तीन जनाको उद्धार गरिएको थियो भने जेठ ७ गते शनिबार थप नौ शव फेला परेको थियो ।

बिज्ञापन
बिज्ञापन