March 20, 2023

मालिका समाचार

देशकाे ऐना

जनादेशको नाममा बेस्सरी अन्याय पेश

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

 औचित्य हीन ताजा जनादेश ई! आन्दोलन किन ? अझै जनता भुटेर रगत चुसेर पुगेन ? मानिस महामारीको चपेटामा भयभीत छन्,आक्रान्त छन् । अनावश्यक रूपमा देशलाई लामोसमय लकडाउन गर्दा देश र जनताको सामाजिकआर्थिक अवस्थ जर्जर तहनहस भैसकेको छ । के खायौं, के लगाउने भन्ने गम्भीर चिन्तामा छन् । कोभिडकै कारण हजारौंको मानिसको अकालमा मृत्यु भैसकेको छ,लाखौं संक्रमित । आज जनताको कोभिड चेकजाँच गर्न छोडेको जस्तै छ,कन्ट्याक्ट् ट्रेसिङ गर्न पटक्कै छोडी सकेको छ । उता साना नानीबाबु देखि विद्यार्थी,बालबालिका केटाकेटीको भविष्य अन्यौलमा छ,बिधालय कलेजहरू बन्द हुँदा अलपत्र छन् । 
 लामोसमयसम्म बिधालय कलेज बन्द हुँदा एक वर्ष तेत्तिकै यो शैक्षिकसत्र खेर जाने त होईन भन्ने सर्वत्र चिन्ता छाएको छ । कृषि व्यावसायमा आश्रति किसानले बजारमा समयमा मल पाउँदैनन् । जसरी त्यसरी  दु:ख गरेर उत्पादन गरेकोे फसल बेच्न मुस्किल,उखु किसानले आफ्नो उखु बेचेको पैसा पाउँदैन । कसैले आन्दोलन गर्ने,कसैले पार्टी फुटाउने,कसैले संविधान मिच्ने,कसैले अधिकार शक्ति दुरुपयोग गर्ने,कसैले विदेशीको कठपुतली बन्ने,तर जनताप्रति सबै बेखबर छन् । यिनीहरूको लागि हामी जनताले पटकपटक ढाल बनिदिनुपर्ने,प्रयोगशाला बनिदिनुपर्ने ?ध्यान  चिन्ता त्यतातिर गर्नुपर्ने थियोे । अहिलेको मुख्य समस्या र शत्रु भनेकै कोरोना हो । 

गल्ती माथिका नेताको मात्रै छैन । गल्ती तलका कार्यकर्ताको पनि उत्तिकै छ,जनताको झनै बढी छ । कुनै पार्टीको आव्हान गर्ने बित्तिकै खुरुक्क झन्ड बोकेर लुखुरलुखुर पछि अघि लागि हाल्ने दुई हातमा मशाल समात्ने गर्दा हरेक पटक देशलाई हानी नोक्सानी बेहोर्नु परेको,माथिकाले जस्तै गरेर एक आपसमा मारामार कुटाकुट गर्छन्,पदका लागि हानथाप खोसाखोस तानातान । प्याधा,अन्धभक्त मालिकको पूर्णबफादार बन्न खोज्छन् । आपसमा वैमनस्यता दुश्मनी अर्काको खेदो खन्नु खुइल्याउने नाङ्गेझार पार्ने कुरा अशोभनीय छ्न । पार्टी फुट्ने र फुटाउनेमा तलका कार्यकर्ताको पनि उत्तिकै हात छ ।

विज्ञापन

गुटबन्दी र शक्तिको आडमा तस्करी गर्ने,विकासे बजेटमा मिलोमतो गर्ने,अनियमितता भ्रष्टाचार गर्ने,लाभको राजनीति खिचातानी स्पष्ट छरपस्ट छ । खान पाएपछि युवा वयस्क वयोवृद्ध सबै सबै एक हुने जनताको हितमा मात्रै आफूलाई जसरी पनि लाभ स्वार्थ पूरा हुनुपर्ने । राजनीतिमा नैतिकता अनुशासन,सिद्धान्त,पद्धति,संस्कृति र संस्कार देखिदैन । के युवा के वयस्क के वृद्ध उस्तै दुरुस्त देखिन्छन् । आफूलाई सर्वेसर्वा ठान्ने ठालुशैली कसैले नछाड्ने । हलो अड्काउने गोरू चुट्ने । जनताको आँखामा छारो हाल्ने । आफूलाई कहिल्यै अभाव नहुने जनतालाई सधैं गुमराहमा राख्ने कुटिल चाल पाइसकेका छन् । एक दिन डाँडामा लागेको घाम हुन् बेर लाग्ने छैन । ओरालो लागेको मृगलाई कुकुरले पनि लखेट्छ भने झैं नहोला भन्न सकिदैन । 

जनताले कार्यकर्तालाई कार्यकर्ताले नेतालाई छाडा छोड्दा राजनीतिमा अनैतिकता र अपारदर्शीता अराजकता भ्रष्टाचार अनियमितता दण्डहीनता बढ्दै गएको तितो यथार्थ हो । अघिल्लो पीढिबाट सिक्नुपर्ने संस्कार परम्परा पद्धति निष्ठा आदर्श हो तर विडम्बनापूर्ण मान्नुपर्छ षड्यन्त्र र छलछाम भ्रष्ट आजीवन राजनीतिलाई पेशा अपनाउने, त्यसैबाट आश्रति हुने, जीविकोपार्जन गर्ने पर्‍यो । पछिल्लो पिढी पनि त्यसैको सिको आडम्बरी अहंकारी भ्रष्टाचारी,दमनकारी निषेधको राजनीति गर्दैगरेको देख्दा दिक्क वाक्क लाग्छ । राजनीति नेतृत्व र दललाई गर्नेलाई घृणा पो गरेको देखिन्छ । अब नयाँ नेपाल भनेको यहीँ रडाको मच्चाउने मात्रै हो र ? 

लोकतन्त्र भनेको केही सीमित गुट,उपगुट,पार्टी र झुन्डलाई  फाइदा र काइदा मालामाल हुने होईन । लोकतन्त्र लूटतन्त्र होईन जो अहिले अभ्यास भैरहेको छ । स्वतन्त्रता,कानूनी राज्य बराबर को हैसियत समतामूलक समाज र सबैखाले उत्पीडनको अन्त्य सबै प्रतिबद्धता साझा उदेश्य समाजवाद उन्मुख समृद्धि नेपालीको मार्गचित्र थियोे । जो आज नेपाली जनताले सुवर्ण अवसर दिंदादिदै पनि आधाबाटोमै तुहाए । कसैलाई छोड्न मन नलाग्ने,कसैलाई नभई नहुने । यसैको सेरोफेरोमा सारा देशलाई बन्धक महत्त्वपूर्ण समयको बर्बाद भैरहेको छ । जनताले कहाँनेर कसलाई साथ र समर्थ दिएका थिएनन् र ? तर हरेक पटक सबैबाट विश्वास घात हुँदै गयो । आज जनता निराश छन् । 

सबैभन्दा बढी दोषी हामी जनता छौँ । जतिसुकै चुरिफुरी गरेपनि अन्तिममा ढाल बन्न,नोकर बन्न प्रभुको शरण पर्न,प्यारो बन्न,सोर्स फोर्स लागि हाल्छ कि भन्ने लोभपाप गर्न छोड्दै नौ । कसैको उक्साहटमा भ्रममा पर्न छोड्दैनौ । चुनावमा दारु मासुमा भोट दिन छोड्दै नौ । आफ्नो विवेक सही रूपमा प्रयोग नगर्दाको परिणति भोग्दै छौं । देशमा भ्रष्टाचार अनियमित गरेका, हत्याहिंसा गरेका,पनि हामी तिनैलाई भन्ने तिनैलाई पचापच भोट हाल्न जयजयकार गर्न फूलामाला हाल्न अविरल जात्रा गर्न छोड्दै नौ तबसम्म हुने यस्तै हो,स्थानमा ई!! खोलेर देखाइदिन्छन । 
भरत बहादुर बिष्ट टीकापुर,१ कैलाली ।