अर्थटीकापुर

भण्डारीको अध्यक्षतामा नयाँ समिती निर्वाचित गर्दै जनकल्याण साकोसको ११ औं वार्षिक तथा चौथो चुनावी साधारणसभा सम्पन्न.

बिज्ञापन

टीकापुर, १६ असोज कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा तथा चौथो चुनावी अधिवेशन सम्पन्न भएको छ ।
साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि संस्थाका निवर्तमान उपाध्यक्ष नृपराज भण्डारीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिती तथा रजनी शाहीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिती निर्वाचित भएको छ ।

संचालक समितीका उपाध्यक्षमा मनोज कुमार साउद, सचिवमा लालकेश जैशी र कोषाध्यक्षमा धनञ्जय ढुंगाना निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा कल्पना देवि जैशी, बालिका कुमारी सुवेदी, दुर्गा कुमारी रोकाया, उर्मिला कुमारी घिमिरे, जित बहादुर डगौरा, मंगल बहादुर साउँद र रेवन्त बहादुर साउँद निर्वाचित हुनु भएको छ ।

त्यस्तै लेखा तथा सुपरिवेक्षण समिती सदस्यहरुमा पदम बहादुर बुढा र मोतिलाल चौधरी निर्वाचित हुनुभएको निर्वाचन समिती संयोजक एकेन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।

११ औं वार्षिक साधारण सभाको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलले उद्दघाटन गर्नुभएको थियो । कार्यक्रम उद्दघाटनको अवसरमा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डा. रावलले जनकल्याण सहकारीले टीकापुरको गौरव बढाएको बताउनुभयो ।

बिज्ञापन

रावलले संस्था चालएर मात्र नहुने भएकोले शेर सदस्यको उन्नती प्रगतीमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जनकल्याण सहकारी सुदूरपश्चिमको उत्कृष्ट सहकारीका रुपमा अगाडी बढी रहेकाले यो टीकापुरको मात्रै नभएर सुदूरपश्चिम प्रदेशकै गौरवको विषय मान्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री रावलले जनकल्याण सहकारी पछिल्लो समयमा स्मार्ट तारिकाले अगाडी बढिरहेको बताउनुभयो । उहाँले जनकल्याण सहकारी एउटा सक्षम, शु–शासन, उद्यामशिलता र सहकार्यको माध्यमबाट अगाडी बढिरहेकोले यसले छोटो समयमा राम्रो सहकारीको रुपमा दर्ज हुनु सफल भएको बताउनुभयो ।

निवर्तमान अध्यक्ष बद्रि प्रसाद भट्राईको सभाध्यक्षतामा भएको कार्यक्रममा नवजीवन सहकारीका अध्यक्ष देव बहादुर वम विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैकका धनगढी शाखा प्रमुख कृष्ण रावल, संस्थापक अध्यक्ष गणेशबहादुर साउँद, महिला जागरण सहकारीका अध्यक्ष शोभा शर्मा ज्ञवाली, एकता वचत तथा ऋण सहकारीका अध्यक्ष झपट बुढा, एशियन लाइफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश प्रमुख लोकराज जोशी, इलाका प्रशासन कार्यालय टीकापुरका शाखा अधिकृत सर्वनन्द चपाई, निर्वाचन अधिकृत एकेन्द्र तिमिल्सेना, शेयर सदस्यहरु यज्ञमान सेठ्ठी, कल्पना देवि जैशीे लागयतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष गणेशबहादुर साउँदलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । त्यसैगरी गणेश बाबा बोर्डिङ्ग स्कुल टीकापुरमा अध्ययन गरी शैक्षिक वर्ष २०७८ मा संचालित कक्षा १२ को बोर्ड परीक्षामा सुदुरपश्चिम प्रदेशमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल प्रवेश रावललाई प्रशंसा पत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९मा उत्कृष्ट ऋण कारोबार गर्नेमा हिक्मत दमाई र कमल चौधरीलाई सम्मान गरिएको छ ।

त्यसैगरी उत्कृष्ट बचतकर्ताको रुपमा मृर्दुला घिसिङ, हिमादेवी चपाई, तुलराम न्यौपाने, अनिता चौधरी, नन्दा साउँद र पवित्रा कुमारी थापालाई सम्मान गरिएको छ । कार्यक्रममा कर्णाली नमूना मावि टीकापुर र भृकुटी मावि, सुवर्णपुरका विद्यार्थिहरुले सहकारी सम्बन्धि सन्देशमुलक गीतहरुमा समुह नृत्यहरु प्रस्तुत गरेका थिए ।

साधारणसभाले संस्थाका अध्यक्ष बद्रि प्रसाद भट्राई, लेखा समिती संयोजक उमाकान्त भण्डारी लगायतले प्रस्तुत गर्नुभएको प्रतिवेदन तथा संस्थाको तर्फबाट पेश गरिएका प्रस्तावहरु समेत सर्वसम्मत रुपमा पारीत गरेको छ । सहकारीमा २०७९ असार मसान्तसम्ममा कुल १ हजार १६१ शेयर सदस्य, १ करोड २१ लाख ५४ हजार ३०० शेयर पुँजी रहेको छ । त्यसैगरी ५ करोड ३ लाख ३५ हजार ३९८ ऋण लगानी, ३ करोड, ४८ लाख ५४ हजार ३ सय बचत रहेको छ । सहकारीका व्यवस्थापक छविलाल जैशीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत नृपराज भण्डारीले गर्नु भएको छ ।

बिज्ञापन
बिज्ञापन