19/10/2021

मालिका समाचार

देशको ऐना

जनकल्याण सहकारी संस्थाले आफ्नै भवनमा मनायो १० औ स्थापना दिवस

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

२८ असार,कैलाली
टीकापुर नगरपालिकामा रहेको जनकल्याण वचत तथा रिण सहकारी सस्थाले १० औ स्थापना दिवस सहकारीको मनुवा रोड स्थित आफ्नै भवनमा सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष बद्री भट्टराईको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा प्रमुख अथिती टीकापुर नगरपालिकाका नगर प्रमुख अतिथि तपेन्द्र बहादुर रावल रहनु भएको थियो भने संचालन संस्थाका प्रवन्धक छविलाल जैसीले गरेकाहुन ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

यश अघि नै यस सहकारीले विभिन्न सहकारी हरुको अनुपातमा अग्रस्थानमा रहेर वित्तीयकाम गरिरहेको छ भने आर्थिक बर्सेनि २०७७/७८ मा आफ्नै भवन निर्माण गरि सोमबार बिहान १० औ स्थापना दिवस मनाएको हो।

प्रमुख अतिथि नगर प्रमुख रावलले सहकारीको नाममा मात्रै सहकारी नभएर जनकल्याणले आफ्नो कार्य उत्कृष्ट गरेको छ यसरी नै स्थानीय सरकारले सबै सहकारी हरुले सहकारी ऐनको मापदण्ड पालना गर्दै सहकारीको परिधिभित्र रहेर काम गरे सबैको मुल्यांकन हुने र त्यो संग जोडिएका सदस्य तथा सेवा ग्राही हरुले महसुस गर्ने बताउनुभयो ।

स्थापना दिवसमा उपस्थित अतिथिहरु टीकापुर नगरपालिका वडा नम्बर १का अध्यक्ष गंगा राम आचार्य पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल ,नेपाल जेसिस राष्ट्रिय उपाध्यक्ष तथा सस्थाका सस्थापक अध्यक्ष गणेश साउद , टीकापुर क्षेत्रका सफल व्यावसायि टीकाराम जैसी, टीकापुर नगरपालिका सहकारी शाखा प्रमुख नन्द के सी ,लगायत अतिथि हरुले जनकल्याण सहकारीले १० बर्षको अवधिमा आफ्नो गन्तव्य हासिल गरेर आफ्नै भवन बनाउन सफल भएकोमा बधाई समेत दिएका थिए ।

विज्ञापन