27/01/2022

मालिका समाचार

देशको ऐना

जनकल्याण ले गर्‍यो पामव वर्कशप सम्पन्न

विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

कैलालीकाे टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको आयाेजनामा कैलाली कञ्चनपुर समूहकाे छैठौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाम वर्कशप) सम्पन्न भएकाे छ ।

‌ संस्थाका अध्यक्ष बद्री प्रसाद भट्टराईको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का अनुगमन अधिकृत पवनजंग मल्लले सहजिकरण गर्नुभएकाे थियाे । कार्यक्रममा नेफ्स्कुनले संचालन गरेकाे जाेखिममा अाधारित साकाेस सुपरिवेक्षण कार्यक्रम (कर्बस्) मा सहभागी कैलाली र कञ्चनपुरका सहकारी संस्थाका व्यवस्थापक तथा अध्यक्ष लगायत प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!

प्रत्येक ३ महिनामा फरक फरक साकाेसले पालाे मिलाएर अायाेजना गर्ने कार्यशाला यस पटक जनकल्याणले अायाेजना गरेकाे हाे । कार्यक्रममा अागामी कार्यशाला टीकापुर स्थित नाेबेल साकाेसले २०७८ फागुन १४ गते शनिवार अायाेजना गर्ने सहमति भएकाे छ । कार्यक्रम काेअपरेटिभ्स म्यानेजर्स क्लब कैलालीका अध्यक्ष तथा जनकल्याण साकाेसका व्यवस्थापक छबिलाल जैशीले संचालन गर्नुभएकाे थियाे ।

विज्ञापन