राजनीति

जनार्दनलाई महासचिव बनाउने प्रचण्डको तयारी !

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा जारी छ । यसै बैठकबाट माओवादीले पदाधिकारी टुंगो लगाउने भनेको छ ।

केन्द्रीय समिति बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी टुंगो लगाउने विशेष जिम्मा पाएका छन् । प्रचण्ड यतिखेर पदाधिकारी टुंगो लगाउने कसरतमा जुटेका छन् ।
माओवादीको पदाधिकारी टुंगो लगाउने विषय महासचिवमा अड्केको हो । जनर्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’मध्ये एकलाई महासचिव छान्न प्रचण्डलाई हम्मे–हम्मे परेको छ ।
प्रचण्ड दोहोरो चेपुवामा परेका छन् । प्रभाकरलाई महासचिव बनाउँदा आफ्नै समूहका अनन्त बाहिरिने र अनन्तलाई महासचिव बनाए माओवादीमा अलग सत्ताको अभ्यास गरिरहेका प्रभाकर झन् टाढिने चिन्ता छ । यसै कारण प्रचण्डले ठोस निर्णय लिन नसकेका हुन् ।

पदाधिकारीको अन्य पदमा भने खासै समस्या छैन । लगभग कुरा मिलिसकेको छ ।

महासचिवबारे तीन विकल्पमा छलफल
माओवादीको महाचिव चयन गर्न तीन विकल्पमा छलफल भइरहेको छ । एक, प्रभाकर र अनन्तमध्ये एकलाई महासचिव र अर्कोलाई उपाध्यक्ष बनाउने । दोस्रो, प्रभाकर र अनन्तभन्दा सिनियरबाट महासचिव बनाउने । तेस्रो, वर्षमान र प्रभाकरभन्दा जुनियरलाई महाचिव बनाएर दुवैलाई उपाध्यक्षमा थन्काउने ।

बिज्ञापन

अनन्त र प्रभाकरभन्दा सिनियरलाई महासचिव बनाउने सवालमा कृष्णबहादुर महरा लगायतको नाममा छलफल चलिरहेको छ । जुनियरको सवालमा छलफल चल्दा शक्ति वस्नेत लगायतको नाममा आएको छ ।

अनन्त र प्रभाकरमध्ये एकलाई चुन्नु पर्ने अवस्था आएमा मदतानबाहेक अन्य विकल्प नरहेको एक नेता बताए । तर, निर्वाचन हुने सम्भावना छैन ।

बिज्ञापन
बिज्ञापन