कार्तिक ,१६
बाजुरामा जीप दुर्घटना हुँदा १ बालकको मृत्यु भएको छ , भने २ जना घाइते भएका छ्न ।

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाटया स्थानमा फलासैनीबाट आइरहेको से १ज ११८० नम्बरको जीप दुर्घटना हुँदा सोही ठाउँका अन्दाजी ४ वर्यीय बालक प्रीन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा २ जना घाइते भएको जनाएको छ।

यस्तै , घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४का २५ वर्यीय कमलबहादुर नेपाली र सोही ठाउँका २४ वर्यीय निरन्जन नेपाली रहेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ।
अहिले उनिहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।भने जीप र चालकलाई प्रहरी चौकी बार्जुगाडाले नियन्त्रणमा लिएको बताएको छ।
जीप दुर्घटना के कारणले भएको हो भने अनुसन्धान भइरहेको छ।
अन्य समाचारहरु
बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु
गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु
ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २३८ पुग्यो, उद्धार कार्य जारी