राजनीति

सबै नेता र कार्यकर्ताहरुलाई एक ढिक्का भएर जान आग्रह : इन्चार्ज बोहरा

बिज्ञापन

अछाम । नेकपा एमाले साँफेबगर नगर कमिटीको चौथौँ विस्तारित बैठक विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको छ । नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवरको अध्यक्षतामा बसेको विस्तारित बैठकले नगरपालिकामा रहेका १४ वटै वडा कमिटीहरुका भेला चैत्र १० गते एकै दिन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

बैठकले वडा कमिटीको भेला गर्दा पार्टीका जनवर्गीय संगठनहरु अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित मुक्ति समाज, किसान महासंघ र खेलकुद महासंघ अनिवार्य गठन गर्ने निर्णय गरेको छ । यस्तै बैठकमा आगमी चुनावमा पार्टीलाई विजय गराउनुका लागि सबै नेता कार्यकर्ताहरुले एकजुट भएर जाने निर्णय गरिएको छ ।

बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम अछाम इन्चार्ज झपट बोहरा रहनु भएको थियो । प्रमुख अतिथी बोहराले आशन्न स्थानीय निर्वाचनमा पार्टीलाई विजय गराउनका लागी सबै नेता कार्यकर्ताहरुको महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भएको छ। प्रमुख अतिथि बोहराले सबै तहमा कार्ययोजना बनाएर अघि बढे आगामी निर्वाचनमा पार्टीको जीत सुनिश्चित रहेको बताउनु भएको छ।

यस्तै उहाँले आगामी निर्वाचनमा नेकपा एमाले पार्टी पहिलो बन्ने दावी समेत गर्नु भएको छ । सरकारमा हुँदा एमाले पार्टीले देशमा थुप्रै विकास निर्माण र रचनात्मक कार्य गर्दै जनताको मनमुटुमा बस्न सफल भएको भन्दै बोहराले फेरि पनि जनताले एमालेको सरकार चाहेको बताउनु भयो । उहाँले सम्पूर्ण नेता कार्यक्रताहरुलाई पार्टीले गरेका हरेक रचनात्मक, लोकप्रिय काम र पार्टीका एजेण्डाहरुको बारेमा जनताहरुलाई जानकारी गराउन आग्रह गर्नु भयो । उहाँले स्थानीय तहको चुनाव नजिकै आई सकेकाले सबै नेता र कार्यकर्ताहरुलाई एक ढिक्का भएर जान आग्रह समेत गर्नु भयो।

यस्तै बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर, मीन बहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी उप–सचिव प्रेम बहादुर महर, नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य तथा साँफेबगर नगर कमिटी इन्चार्ज रमेश कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवर, केशर मिया, बालगिरी कुँवर, सागर बाब्ली, जिल्ला कमिटी सदस्य बल बहादुर कुँवर, पुष्पराज भट्ट, सुशिला बोगटी, दीपक कुवर, झंकर कुँवर, हिरण्ड कुँवर, उजिर सिंह साउँद, दुधकला बिष्ट, रतन रावल, भिम खड्का, भरत शाह, रबिन्द्र शाह, राधिका भुजेल, रुप बहादुर कुँवर , चक्र सुनार, शंकर भुल, सुरत भुल, टिकेन्द्र भण्डारी, रबिना शाह, अम्बिका खड्का, हेमा नागरी, रामप्यारी कुँवर, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य आकाश कुँवर, नेकपा एमाले चौरपाटी गाउँ कमिटी अध्यक्ष झंकर साउँद, मेल्लेख गाउँ कमिटी अध्यक्ष केशर साउँद लगाएतको उपस्थिति रहेको थियो।

यस्तै बैठकमा पूर्व जिल्ला कमिटी सदस्य कमल ओड, पूर्व जिल्ला कमिटी सल्लाहकार सदस्य मोति सिंह कुँवर, पूर्व क्षेत्रीय कमिटी सदस्य भुपेन्द्र महता, सा.न.पा.–९ बुढाकोटका वडा अध्यक्ष धुर्ब बहादुर थापा, सा.न.पा.–६ भागेश्वरका वडा अध्यक्ष प्रेमराज शर्मा, सा.न.पा ४ मष्टामाण्डौंका वडा कमिटी अध्यक्ष राजेन्द्र कोली, प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका उपाध्यक्ष एकेन्द्र महता, अनेरास्ववियुका जिल्ला कमिटी सचिव भिम बडाहित, नेपाल उत्पीडित मुक्त समाज नगर कमिटी अध्यक्ष निर्प विक, अनेरास्ववियुका नगर अध्यक्ष सुरज बुढा लगाएतको सहभागिता रहेको थियो। नेकपा एमाले साफेबगर नगर कमिटी उपाध्यक्ष ललित नेपालीले स्वागत मन्तव्य राख्नु भएको बैठकको सञ्चालन नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो ।

बिज्ञापन