टीकापुरविकाससहयोग तथा उदार

चौथो दिनमा जनकल्याणको ९ औं वार्षिक साधारणसभा समपन।

बिज्ञापन

टीकापुर, १९ मंसिर कैलालीको टीकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.को ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष बद्रि प्रसाद भट्टराईको सभापत्विमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. रणबहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो । भने टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रावलले टीकापुर क्षेत्रमा पहिलो पटक सहकारी क्षेत्रमा राम्रो काम गरेर पुरस्कृत भएको जनकल्याण समग्र यस क्षेत्रको गौरवको संस्था रहेको बताउनुभयो । संस्था संचालन गर्दा पारदर्शिता सबैभन्दा महत्वपूणर् विषय भएको भन्दै रावलले जनकल्याणले सानो संस्था भएपनि पारदर्शि रुपमा काम गरेका कारण पुरस्कार पाएकोमा बधाई दिनुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि आचार्यले जनकल्याणले स्थापनाको छोटो समयमा नै राम्रो काम गर्न सफल भएको बताउनुभयो । कोरोना महामारीका कारण विश्वका धेरैजसो संघसंस्थाहरु नोक्सानमा गएको बेलामा पनि जनकल्याणले ७ लाख बढी मुनाफा गर्नु खुशीको कुरा भएको बताउनुभयो । सहकारी संस्था स्थापना गर्नुमात्र ठूलो कुरा नभएको भन्दै आचार्यले संस्थालाई कुशल ढंगले अगाडि बढाउनु महत्वपूणर् हुने धारणा राख्नुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष गणेश बहादुर साउँद, समाजसेवी भुवनेश्वर अधिकारी, महिला जागरण सहकारीका उपाध्यक्ष शोभा शर्मा ज्ञवाली, पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संचालक समितीको तर्फबाट अध्यक्ष बद्रिप्रसाद भट्राई तथा लेखा समितीको तर्फबाट संयोजक उमाकान्त भण्डारीले प्रतिवेदनहरु प्रस्तुत गर्नुभएको थियो । सहकारीको चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट संस्थाका सचिव मनोज कुमार साउँदले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीका उपाध्यक्ष नृपराज भण्डारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन व्यवस्थापक छबिलाल जैशीले गर्नुभएको थियो । मंसिर १३ गतेदेखि वडागत रुपमा शुरु गरिएको साधारण सभाको कार्यक्रम शुक्रबार समापन गरिएको हो ।

बिज्ञापन

८ जनालाई सम्मान तथा पुरस्कार
सहकारीले सामाजिक क्षेत्रमा क्रियाशिल रामबहादुर रावललाई दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गरेको छ । रावलले विगत लामो समयदेखि आफ्नो व्यक्तिगत सवारी साधनको प्रयोग गरेर दाहासस्कार को निम्ति शव (लास) बोकेर मसानघाट सम्म पुगाउने कार्य गर्दै आउनुभएको छ ।

त्यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय सहायक सुनिल चौधरीलाई दोसल्ला सहित प्रशंसा पत्र प्रदान गरिएको छ । त्यसैगरी २ जना उत्कृष्ट कर्जा कारोबार तथा ४ जना उत्कृष्ट बचत कर्तालाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कार प्राप्त गर्नेहरुमा बचतकर्ता तर्फ अनिता कुमारी साउँद, मोतिलाल जोशी, महेश महत्तो र फुलकुमारी चौधरी रहेका छन् । त्यसैगरी कर्जा कारोबार तर्फ तुलीदेवि शाही र राजेन्द्रकुमार विश्वकर्मा रहेका छन् । साधारणसभामा बजार प्रतिनिधिलाई पोशाक तथा झोला समेत वितरण गरिएको छ ।
७ लाख २९ हजार मुनाफा
सहकारीले आर्थिक वर्ष २०७६/०७७ मा ७ लाख २९ हजार १९१ रुपैयाँ ९८ पैसा मुनाफा आर्जन गर्न सफल भएको छ । कुल ४९ लाख ३८ हजार ७९३ रुपैयाँ ५३ पैसा आम्दानी भएकोमा ४२ लाख ९ हजार ६०१ रुपैयाँ ५५ पैसा खर्च रहेको सहकारीको आय/व्यय विवरण कोषाध्यक्ष लालकेश जैशी ज्यूले प्रस्तुत गर्नुभएको छ । त्यसैगरी सहकारीले आर्थिक वर्ष २०७६/०७७ सम्ममा ३ करोड ३६ लाख ४१ हजार ८४६ रुपैयाँ ०९ पैसाको सम्पत्ति तथा दायित्व विवरण समेत प्रस्तुत गरिएको छ । जसमा ६५ लाख ७८ हजार ८०० शेयर पूँजी, १ करोड ५३ लाख २९ हजार ४७० रुपैयाँ ५३ पैसा निक्षेप, २ करोड ६८ लाख ३० हजार ६४ रुपैयाँ ४४ पैसा कर्जा लगानी रहेको छ ।

यसैबीच सहकारीले २०७७ साउन देखि कात्तिक मसान्तसम्म निकै राम्रो आर्थिक प्रगति गरेको देखिएको छ । जसमा २०७७ कात्र्तिक मसान्त सम्म ६७७ शेयर सदस्य, ९३ लाख ४७ हजार ३०० शेयरपूँजी, २ करोड १६ लाख ६० हजार निक्षेप संकलन तथा ३ करोड ३६ लाख ६२ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको सहकारीका व्यवस्थापक छबिलाल जैशीले जानकारी दिनुभयो । १ हजार ९१९ बचत खाता रहेको सहकारीले एक दर्जन भन्दा बढी बचत योजनाहरु संचालनमा ल्याएको छ ।

त्यसैगरी विभिन्न खालका रेमिटान्स सेवाका साथै मोवाइल एप्स समेत संचालनमा ल्याएर कारोबार अगाडि बढाएको छ ।

बिज्ञापन
बिज्ञापन

Leave a Reply