08/12/2021

मालिका समाचार

देशको ऐना

फादर अफ द नेशन ओली लाई स्वीकार गर्दै सचीवमा उमेदवारी

नेकपा एमालेका अध्यक्ष के पी शर्मा फादर अफ नेशन रहेको स्वीकार गर्दैन सचिव पदको उमेदवार बन्दै नेकपा एमालेका युवा नेता महेश बस्नेत
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

काठमाडौ ,नेकपा एमालेमा के पी शर्मा ओलीको विकल्प नरहेको देश बिदेशमा के पी ओली फादर अफ नेशनको पहिचान रहेको बताए ।
नेकपा एमालेका युवा नेता तथा पुर्ब उद्योग मन्त्री रहनु भएका महेश बस्नेतले रिपोटर्स क्लबमा नेकपा एमालेको १० औ महा अधिवेशनम सचीवको उमेदवारी रहेको सार्वजनिक गरेकाहुन। के पी शर्मा ओलीको ससक्त सहयोद्धाको रुपमा आफ्नो उम्मेद्बारी रहेको बताए।

पार्टीको १० औ महाअधिवेशन नजिकिदै गर्दा उमेदवार हरु रिपोटर्सक्लबमा पुग्दै आ आफ्नो उमेदवारीको घोषणा गर्दै गरेका छ्न केहि दिन अधि नेकपा एमालेका उपाध्यक्ष भिम रावलले अध्यक्षमा आफ्नो उमेदवारी दिए पछि महाअधिवेशनको माहोल रन्किएको छ । समय समय मा चर्चामा आउने रावलले माहोल रन्काउन आफ्नो उमेदवारी दिएको पार्टीका धेरै नेता हरुले विश्लेषण गरिरहेक छ्न।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

पार्टीमा सर्वसम्मतको निति तयार गर्ने भनिएता पनि भिम रावलको उम्मेद्बारीले त्यो वातावरण भैहाल्छ भन्न नसकिने अवस्था रहेको छ। मंगलबार दिउसो युवा नेता महेश बस्नेतले रिपोर्टर्स क्लबमा बोल्दै राम बहादुर थापा बादलको नेतृत्वमा महाअधिवेश व्यावस्थापन मुल समिति बनेको र वयवस्था पनि भैरहेको बताए।

बस्नेतले भने महा अधिवेशन दुई हिसाबले महत्त्वपूर्ण रहेको कुरा राखे एउटा ऐतिहासिक संख्याको उपस्थिति ५लाख भन्दा बढी मान्छे को उपस्थितिमा हुने अर्को नेपाल कम्युनिस्ट पार्टीले ऐतिहासिक अधिवेशन सम्पन्न गर्ने,पार्टी लाई केपी शर्मा ओलीका कारण नेकपा एमालेको सान मान गौरव बढेसंगै देश ,नागरिक सहितको अन्तर्राष्ट्रिय जगतमा सान मान गौरव बढेको छ । अगाडि थप्दै भने हामीले सर्वसम्मत नेतृत्व चयन गर्ने उदेश्य रहेको भएपनि पार्टीका उपाध्यक्ष भिम रावलले अध्यक्षमा उमेदवारी दिएको बताए । भिम रावलले उम्मेद्बारी दिनुको कारण पत्रकारले सोधेको प्रश्नमा बस्नेतले भने आफ्नो कुनै पद सुरक्षित राख्न हुन सक्छ कमरेड भिम रावलले उम्मेद्बारी फिर्ता लिदा राम्रो हुन्छ

के पी ओली पुनः किन भन्ने प्रश्नमा बस्नेतले थपे बिगतमा मधेसमा के पी ओली बिरोधि थुप्रै कार्यक्रम हुदा पनिअहिले प्रदेश नम्बर २मा ठुलो संख्यामा पार्टी नेता कार्यकर्ता रहेको र त्यो लहर बाकेको नेपाल गन्जसम्म नेकपा एमालेमा प्रवेश हुनेको लहर चलेको छ । बिगतमा माधव नेपाल ,झलनाथ खनाल लगायतले नेतृत्व गरेको बेला के पी ओली लाई छुवाछूतको व्यावहार गरेको भएपछि आफुले स्टेजरमा राखेर भएपनि ओली लाई अध्यक्ष बनाउनु पर्न कुरा राखेकोले ओली अध्यक्ष हुन सफल भएको त्यस पछी ओली नेतृत्वको सरकारले बिप्लव लाई राजनीति मुलधारमा ल्याउने देखी सिके रावत लाई मुल धारमा ल्याउने सम्म पनि राजनीति ऐतिहासिक काम गरेको छ।

साथै देश विकास निकास समृद्धि लगायत राष्ट्रिय स्वधिनताका आवाज बुलन्द गर्दै लिपुलेक लिम्पिया धुरा कालापानी समेत देश नक्शामा राख्न सफल भएकोले ओलीको नेतृत्वको विकल्प नरहेको कुरा प्रष्टपारे आउदो महाधिवेशनमा मुख्य तह ३ कुरा समेट्ने लक्ष रहेको नेतृत्वमा युवाहरुको सहभागीताको मौका दिने , पार्टी लाई अफ्ट्यारो परेको बेला काध थाप्ने हरुलाई उचित स्थानमा समेट्ने तथा पार्टीका नेता हरु बिचमा केही समय बिद्रोहमारहेपनि हाल पार्टी मै रहेका नेतृत्व लगायत सबैलाई समेट्नु पर्ने उनले बताए यो पार्टीमा फाथर अफ द नेसनको रुपमा जनताले स्वीकार गरेका के पी शर्मा ओली लाई सहयोग गर्न आफ्नो उम्मेद्बारी केन्द्रिय सचीव पदमा रहेको बताए ।

विज्ञापन