मनोरञ्न

अष्ट्रेलियाको सिड्नीमा कबड्डी ४

बिज्ञापन

दुर्गा अधिकारी
काठमाडौं । पछील्लो समय प्रबासमा नेपाली सिनेमाको बजार बिस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली सिनेमा प्रदर्शनमा लागि पर्ने उत्साही यूबाहरूले नेपाली सिनेमा प्रदर्शनमा देखाएको मोह र उमंगले सांच्चै बिदेशमा नेपाली सिनेमा बिधाले बलियो उपस्थिति जनाईरहेको छ ।

बिज्ञापन

यसैबीच नेपाल बाहिर नेपाली चलचित्रको बलियो र राम्रो बजार मानिएको मूलुक हो अष्ट्रेलिया । नेपाली सिनेमालाई मन पराउंने अष्ट्रेलियामा रहनु हुने नेपालीहरूको चाहलाई बुझेर हो र होइन होला इभेन्ट र नमस्ते इन्टरटेनमेन्टको आयोजनामा चलचित्र कबड्डी ४ प्रदर्शनको चांजो पांजो मिलेको छ । यतिबेला के स्वदेश के बिदेश ? सबैतिर प्रतीक्षारत चलचित्रको रूपमा लिइएको चलचित्र कबड्डी ४ सिड्नीमा प्रदर्शन हुने भएको छ ।

सिड्नीमा प्रदर्शन हुने यो चलचित्र कबड्डी ४ प्रदर्शनको एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज ऐजुकेसन एण्ड भिसा सर्भिस प्रायोजक रहेको छ । एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईले जानकारी दिंदै चलचित्रको बारेमा भन्छ– ‘यो चलचित्र सिड्नीको इभेन्ट सिनेमा हल बरूउडमा मे २७ र २८ अनि सिड्नीकै हर्सभिलको इभेन्ट सिनेमा हलमा मे २९ र ३० तारीखका दिन प्रदर्शन गर्दैछौं ।’ भट्टराईले सिड्नीमा रहनु हुने नेपाली चलचित्रप्रेमी दर्शकहरूलाई कबड्डी ४ हेर्नको लागि आह्वान पनि गरेका छन् ।

बिज्ञापन