विज्ञापन

एजेन्सी । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरूले दुई वटा बम विस्फोट गराएका छन् । घटनामा कम्तीमा ६ जनाको ज्यान गएको र अरू केही घाइते भएका अधिकारीहरूले आज मङ्गलवार जानकारी दिएका समाचार संस्था एएनआईले जनाएको छ ।
काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटका घटनामध्ये पहिलो विस्फोट मुम्ताज विद्यालयमा भएको हो । त्यसैगरी दोस्रो विस्फोट भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो ।
विज्ञापन

दुवै विस्फोटका घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् ।
विज्ञापन

अन्य समाचारहरु
मोदीबारे बिबिसीले बनाएको वृत्तचित्र भारतमा प्रसारण रोक.
क्यालिफोर्नियामा आँधी : १९ जनाको मृत्यु
चीनमा १८ मीटर अग्लो ‘हिउँ मान्छे’