June 5, 2023

मालिका समाचार

देशकाे ऐना

कैलालीको घोडाघोडीमा गेटा आँखा अस्पतालको उपचार केन्द्र स्थापना

सुखड । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा आँखा उपचार केन्द्र स्थापना गरीएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पतालद्वारा घोडाघोडी नगरपालिका सितको सहकार्य तथा सेभा नेपालको सहयोगमामा गेटा आँखा अस्पतालको २० औँ शाखा स्थापना गरीएको हो ।

विज्ञापन
Tikapur sana shari khanepani tatha sarsafai sansta

सुदूर पश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवाको पहुँच विस्तार गर्ने कार्य योजना अनुसार आँखा उपचार केन्द्र स्थापना गरीएको नेपाल नेत्र ज्योति संघ गेटा आँखाले जनाएको छ । उक्त उपचार केन्द्रमा अत्याधुनिक उपकरणहरूको प्रयोग गरी आँखा परीक्षण, औषधि उपचारको साथै सामान्य शल्यक्रिया गरिने, समुदायमा आँखा उपचार तथा जनचेतना जगाउने कार्यक्रम समेत संचालन गरिने बताईएको छ ।

आँखाको जटिल समस्या भएका बिरामीहरूलाई उपकरणमा नजडित क्यामराको मदतले टेलिमेडिसिनको प्रयोग गरी विशेषज्ञबाट आँखा परीक्षण र आवश्यक परामर्श गरी उपचार सेवा समेत प्रदान गरिने गेटा आँखा अस्पतालका चीफ मेडिकल डाइरेक्टर डा सुरेश राज पन्तले जानकारी दिए । गेटा आँखा अस्पताल बाट आँखा उपचार सेवा लिन बाट विगत लामो समय देखि वञ्चित आँखाका रोगीहरू उपचार केन्द्र बाट लाभान्वित हुने भएका छन् ।

विज्ञापन

साथै स्वास्थ्य बिमामा बीमितहरुको लागि उपचार केन्द्रबाट गेटा आँखा अस्पताल पठाई निःशुल्क आँखा परीक्षण, औषधि उपचार अप्रेसन तथा वर्षमा एक हजारसम्मको चस्मा समेत निःशुल्क उपलब्ध गराइने छ । घोडाघोडी नगरपालिका वार्ड नं. १ का अध्यक्ष मनराज शाहको सभापतित्वमा सञ्चालित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख प्रेम कुमारी थापा र विशिष्ट अतिथि सेभा नेपालका निर्देशक रामप्रसाद कँडेलबाट आँखा उपचार केन्द्रको संयुक्त रुपमा उद्घाटन गरिएको हो ।