अनौठोघटना समाचार

कसैले आफुलाई अपहरण गरेको नाटक गर्ने प्रहरीको नियन्त्रणमा

बिज्ञापन

कैलाली ,आफुलाइ अज्ञात व्याक्ती हरुले अपहरण गरेर बन्धक बनाएको नाटक गर्ने एक युवा प्रहरीको नियन्त्रणमा परेका छ्न।

जिल्ला प्रहरी कार्यलय कैलालीले आफुलाई अज्ञात व्यक्तिहरुले अपहरण गरी अज्ञात स्थानमा बन्धक बनाई राखेको भनि परिवार र प्रहरीलाई झुक्याउने डोटी जिल्ला आदर्श नगरपालिका ३ स्थाइ बसोबास रहेका हाल धनगढी उप-महानगरपालिका ०५ हसनपुर बस्ने बर्ष २० को रघुनाथ ओझालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यलयको आधिकारिक पेज बाट सार्वजनिक गरेको छ।

बुधबार जिल्ला प्रहरी कार्यालयकैलाली बाट खटिएको टोलीले जिल्लाको धनगढी उप-महानगरपालिका वडा नं. १ बाट नियन्त्रणमा लिई आवश्यरक अनुसन्धानका लागी जिल्ला प्रशासन कार्यालय कैलालीबाट सार्वजनिक मुद्दामा म्याद थप गरिएको छ।

रघुनाथले आफु अध्ययनरत रहेकोठाउँ चितवन बाट दाईको बिहेमा जान भनि केहि दिन अघि चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही दिन बाट सम्पर्क बिहिन रहेको अवस्थामा घरपरिवार संग म्यासेन्जरमा भिडियो कल गरी आफुलाई अज्ञात स्थानमा अज्ञात व्यक्तिहरुले बन्धक बनाएको बनावटीकुरा गरेकोले घरपरिवारको समन्वयमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान हुदा माघ २० गते आफ्नो प्रेमीका संग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको देखिएको साथै आफ्नो साथमा रहेको रकम सकिए पछि पोखराबाट घरतर्फ आएको देखिएकोले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिएको उक्त पोस्टमा सम्प्रेषण गरेको छ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन