राष्ट्रिय समाचार

अब कैलालीमा दुई पाङग्रे सवारी साधनले २० कि.मि प्रति घण्टा भन्दा बढी गतिमा चलाउन नपाउने

बिज्ञापन

अत्तरिया । अब कैलालीमा दुई पाङग्रे सवारी साधनले २० कि.मि प्रति घण्टा भन्दा बढी गतिमा चलाउन नपाउने भएका छन् । कैलालीमा सवारीको गति मापनका लागि लिडार स्पिड गनको प्रयोग गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारीको गति मापनका लागि लिडार स्पिड गनको प्रयोग गरिने भएको हो ।
सवारी साधन तिब्र गतिमा चलाउदा हुने दुर्घटनाको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न लिडार स्पिड गनको प्रयोग गर्न लागिएको हो ।

कैलाली जिल्लामा भएको सवारी दुर्घटनाको तथ्याङक, अवस्था तथा प्रकृतिलाई बिश्लेशण गर्दा तिब्र गतिका कारण दुर्घटना भई घाईते, मृत्यु तथा धनजनको क्षति अत्याधिक मात्रामा भएको पाईएकोले सिमा पार गरी सवारी चलाउदा हुन सक्ने ठुलो दुर्घटना तथा धनजनको क्षतिलाई न्युनिकरण तथा नियन्त्रण गर्न आवश्यक देखिएकोले मोहना अत्तरिया ६ लेन सडक खण्ड र कैलालीको पुर्ब पश्चिम राजमार्ग सडक खण्डमा लिडार स्पिड गनको निकट भबिस्यमा प्रयोग हुन गईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए ।

त्यसैगरि गति सिमा सम्बन्धमा बजार क्षेत्रमा तथा व्यस्त सडकमा दुई पाङग्रे सवारी साधनले २० कि.मि प्रति घण्टा भन्दा बढी गतिमा चलाउन नपाउने ,चार पाङग्रे सवारी साधनको हकमा ३० कि.मि प्रति घण्टा गतिमा मात्र चलाउन पाउने र ६ लेन सडक खण्ड तथा राजमार्ग सडक खण्डमा अधिकतम ४०–६० कि.मि.प्रति घण्टा चलाउन पाउने नियम लागु गरिएको छ ।

बिज्ञापन
बिज्ञापन