08/12/2021

मालिका समाचार

देशको ऐना

बडुवाल हत्या प्रकरणमा आठ जना पक्राउ

प्रहरीद्वारा थप अनुसन्धान जारी
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर २५ कार्तिक
कैलाली जिल्लाको टीकापुर नगरपालिका १ मा मंगलबार साझ भएको भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरीले हाल सम्म ८ जना पक्राउ गरेको गरेको छ।

ईलाका प्रहरी द्वारा सार्वजनिक रिपोर्ट
कार्तिक २३ गते मंगलबार साझ ८:५० बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालीका वडा नं.१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालीका १ लम्की चौराह नजिकै बस्ने बर्ष २३ को भुपेन्द्र बडुवाललाई धारीलो हतियार प्रहार गरी घाईते अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ ई.प्र.का. टिकापुरबाट प्र.ना.उ. प्रकास सापकोटाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा परिचालित भई घाईते भुपेन्द्र बडुवाललाई उपचारको लागी टिकापुर अस्पतालमा पठाईएकोमा उपचारको क्रममा निजको ऐ.९:३० बजेको समयमा टिकापुर अस्पतालमा मृत्यु भएको ।

विज्ञापन
बोक्सा बोक्सी भनी अन्धविश्वासमा नलागौं, रोग लागेमा स्वास्थ्य केन्द्र जाने बानी बसालौं ।

२. घट्नास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नं. को कालो रङको होन्डा कम्पनिको स्कुटी नियन्त्रणमा लिई हतियार प्रहार गरी फरार भएका व्यक्तिहरुको खोजतलास तथा थप अनुसन्धानका लागि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिशेष अनुसन्धान टोली समेत परिचालन गरी हत्यामा संलग्न जिल्ला कैलाली लम्की चुहा नगरपालीका वडा नम्बर ३ बस्ने बर्ष २० को आर्यन देबकोटा समेत ऐ ऐ बस्ने बर्ष २४ को महेश रावल, ऐ ऐ बस्ने बर्ष २० को धिरज शाही, ऐ ऐ वडा नम्बर १ बस्ने बर्ष १८ को निशान मल्ल, ऐ.ऐ बस्ने बर्ष २२ को कपिल श्रेष्ठ, ऐ. टिकापुर नगरपालीका वडा नं. १ बस्ने बर्ष २२ को प्रबिन रिमाल, ऐ.बस्ने बर्ष २६ को सोहन शाह, ऐ. ऐ.बस्ने बर्ष २१ को रोहित आलेलाई पक्राउ गरिएको ।
३. थप अनुसन्धान तथा खोजतलाश कार्य जारी रहेको ।

पक्राउ परेका आठ मध्य चार जना

विज्ञापन