टीकापुर

कैलाली होटल व्यावसायी संघको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिज्ञापन

टीकापुर बैशाख ४ कैलाली होटेल व्यावसायी संघको आयोजना स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम टीकापुर नगरपालिका वडा नम्बर १ स्थिति खप्तड विश्राम वाटिकामा संघका अध्यक्ष खेम कुवर को अध्यक्षतामा सम्पन्न भएको हो।

बिज्ञापन

उपाध्यक्ष तेज बोहराको संचालनमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिका १का वडा अध्यक्ष गंगा राम आचार्य रहनु भएको थियो भने बिशिस्ट अतिथि होटेल व्यावसायि संघका केन्द्रिय महासचिव बिरमानजन बटाला तथा अतिथि हरुमा उद्योग वाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारी , संचार कर्मी प्रेम भट्टराई “राष्ट्रप्रेमी”, झलनाथ खनाल , उद्योगवाणिज्य संघका सदस्य जीवन गौचन ,बिरेन्द्र कुवर , रहनु भएको थियो ।

कार्यक्रमम उपस्थितिपाहुना हरुलाइ होटलव्यावसायि संघका उपाध्यक्ष रेवन्त साउदले मन्तव्य द्वारा स्वागत भएको थियो ।
इलाका प्रहरी कार्यलयमा भरखरै आउनु भएका प्रहरी प्रमुख उपरीक्षक हेम बहादुर शाहीलाई संघले अबिर तथा खादा लगायर स्वागत गरेको थियो ।

प्रमुख अतिथि आचार्यले सबै व्यावसायिहरुको राम्रो व्यावहार हुनुपर्ने र सबै व्यावसाय चलेर मात्रै आर्थिक उन्नतिको बाटोमा अगाडि बढ्ने बताउनु भयो ।

स्वागत पछी प्रहरी नायब उपरीक्षक शाहीले सान्ती सुरक्षाको निम्ति समुदाय ,व्यावसायि लगायत सबैको समन्वय सहयोग सहकार्यको आवस्यकता हुनभएकोले त्यो अनुरुप आफू कार्य गर्न तयार रहेको र सुरक्षाकर्मीको हिसाबले आफ्नो कर्तव्य पूरा गर्दै अघि बढ्ने बताउनु भयो ।

सोको क्रममा संघका केन्द्रिय महासचिव बिरमानजन बटालाले देश भरि होटल व्यावसायिको २३ अरबलगानी रहेको र १९ अर्ब कोरोनाकालमा मात्र घाट भएको कुरा राख्दै सुरक्षाको दृस्ठिकोणले पनि व्यावसायिहरुले कसैको मानमर्दन हुने गरि अस्मितामा आच आउने गरि कुनै व्यावसाय गर्नु हुदैन भने सुरक्षा कर्मीले पनि लामो समय थला परेको होटल व्यावसायिलाई चाडै बन्दगराउने कार्य नगरीदिन आग्रह गरे।

उद्योग वाणिज्य संघका अध्यक्ष राम भन्डारीले अर्थतन्त्र अत्यन्तै दयनीय अवस्थामा रहेको र यसबाट बाहिर आउन अत्यन्तै कष्टगर्नुपर्ने रहेकोले राज्यले यो अवस्थालाई बुझ्न जरुरी रहेको बताए ।

बिज्ञापन