Uncategorized

कैलाली कंचनपुरमा भोलि बाट लकडाउन ।

बिज्ञापन

बैशाख १५ टीकापुर
कैलाली-कंचनपुर बिहीवार बैशाख १६ बिहान ६:०० बजे देखि बैशाख २२गते राती १२:००बजे सम्मको लागी लकडाउन हुने भएको छ।

बिज्ञापन

कोभिड-१९ को नंया भेरियन्ट सहितको संक्रमण बढेको र यसले महामारीको भयानक रुपलिने स्थित देखिएकोले लकडाउन गर्ने सर्कुलर जारी भए संगै इलाका प्रहरी कार्यलय टीकापुरको अलाउन्स भ्यान घुम्न सुरु गरिसकेको इलाका प्रहरी कार्यलय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले मालिका समाचारलाइ टेलीफोन मार्फत जानकारी दिए ।
खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु हरुका सेवा सुबिधा बिहान ६:०० बजे देखी १०:००बजे सम्म चालु राख्न मिल्ने अन्यको हकमा पुर्ण बन्द रहने कुरा पनि सुचित गरे।

प्रहरीको नलाउन्स भ्यान द्वार राती अलाउन्स गर्दै लकडाउनको अवस्थामा दैनिक उपभोग्य बस्तु हरुको किर्तिम अभाव सृजना गर्ने व्यापारी हरुलाइ कार्वाही हुने बेहोरा समेत उल्लेख गर्दै इलाका प्रहरी कार्यलयले सर्क्युलर गरेको छ।
मेडिकल लगायतका अतिआवश्यक सेवा सुबिधा भने बन्द नरहने पनि भनिएको छ।

बिज्ञापन

Leave a Reply