27/01/2022

मालिका समाचार

देशको ऐना

जिल्लाको नमुना आधारभूत स्वास्थ्य केन्द्र टीकापुरको श्रीलंकामा उद्घाटन

टीकापुर नगरपालिका १ ज्योति नगरमा स्वस्थ प्रबर्द्धन केन्द्र स्थापन संगै स्वस्थ्य स्वयंसेविका लाई साइकल वितरण /श्रीलंका मा दराज तथा न्यानो कपडा वितरण
विज्ञापन
Page Title
Tikapur Nagarpalika

टीकापुर नगरपालिका

नगर कार्यपालीकाको कार्यलय जनस्वास्थ्य उपशाखा

टीकापुर २० मंसिर टीकापुर नगरपालिकाले १८ औ अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा “स्वास्थ जीवन शैली हाम्रो आवस्यकता संकट न्यूनीकरणमा महिला सामुदायिक स्वास्थ स्वयमसेविका ” भन्ने नाराका साथ
आधारभूत स्वास्थकेन्द्र स्थापन गरेको छ।

सरकारको हरेक वडा १ स्वास्थ चौकी कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिकाले यस काम लाई समयमा सम्पन्न गरेको छ।
नगरपालिकाको वडा नम्बर ८धनसिहपुर संगै यो दोस्रो रहेको छ भारत संग सिमा जोडिएको हुनाले यसलाई कैलाली जिल्ला भरी नमुनाको रुपमा लिएको । आइतबार नगर प्रमुख तपेन्द्र रावले आधारभूत स्वास्थकेन्द्र श्रीलंकाको उद्घाटन गर्नु भएको हो।

विज्ञापन
आफूले उपभोग गरेको खानेपानीको महशुल समयमै बुझाऔ, बिलम्ब शुल्क तिर्नबाट बचौं,——— पानीका पाईप तथा संरचनाहरूको सुरक्षा हामी सबैको दायित्व हो !———खानेपानीले प्रवाह गर्ने सेवा सुबिधा सम्बन्धि कुनै जिज्ञासा, सुझाव तथा गुनासो भए कार्यालयको टेलिफोन नम्बर ०९१-५६१४४९ मा सम्पर्क गरौ !!
नगर प्रमुख तपेन्द्र रावलको हतबाट सम्मान ग्रहण गर्दै स्वस्थ्य स्वयंसेविका

टीकापुर नगरपालिका वडा नम्बर ८ श्रीलंकामा श्री कर्णाली राष्ट्रिय प्राथमिक विद्यालय नजिक स्वस्थ आधारभूत केन्द्र स्थापन गरेको हो। उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता टीकापुर नगरपालिका-८का अध्यक्ष दीर्घ ठकुल्लाले गरेका थिए भने संचालन कमल रावलले गरेका हुन।

सो उद्घाटन कार्यक्रममा उपस्थित अतिथि हरु टीकापुर नगरपालिका स्वस्थ्य शाखा प्रमुख बलबहादुर रावल ,सिनियर अहेव अधिकृत कमल रावल ,टीकापुर वडा नम्बर ८ बटनपुर स्वास्थ्य चौकी प्रमुख केवल सिह भुल ,प्रहरी चौकी कालाकुण्टाका प्रमुख प्रहरी नायब निरक्षक राजेन्द्र कार्की ,शसत्र प्रहरी बल नेपाल शसत्र प्रहरी निरक्षक बिओपी श्रीलंका टापुका प्रमुख गंगा राम भट्ट ,मालीका समाचारका संचालक प्रेम भट्टराई राष्ट्रप्रेमी , नेपाली काङ्ग्रेस प्रतिनिधि शेर बहादुर साउद ,नेपाली काङ्ग्रेसका वडा सभापति टीकाराम चौधरी , माओवादी केन्द्रका प्रतिनिधि धनसिह साउदलगायतको उपस्थिति रहेको थियो ।

स्वस्थक्षेत्रमा स्वस्थ्य स्वयंसेविकाको रहेको महत्त्वपूर्ण योगदानको बारेमा प्रसंशा गर्दै स्वस्थ प्रमुख बलबहादुर रावल

स्वागतमन्तव्य धनसिहपुर स्वास्थ चौकी प्रमुख केवल सिह भुल (सार्की )लेगरेकाथिए
शुभकामना मन्तव्य वडा नम्बर ८ स्वास्थ स्वयंसेवक देवसरा साउद ,नेकपा माओवादी केन्द्र टीकापुर ८का अध्यक्ष धन सिह साउदले सोको क्रममा ,स्वस्थ्य सेवाको निरन्तरता प्रमुख कुरा रहने र श्रीलंका टापुमा राज्यको आखा पुग्न नसकेको,हात्ती र बाढीको चपेटामा रहेको बताए भने नेपाली काङ्ग्रेसका प्रतिनिधि शेरबहादुर साउदले उक्त क्षेत्रमा चोरको बिगबिगी पनि छ ,हात्ती नियन्त्रण कार्यक्रममा चासो हुनुपर्ने बताए , स्वस्थ्य प्रमुख बलबहादुर रावल ,स्वास्थ स्वयंसेविकाले गरेको कार्य सुपका ८८ वटा पालीका हरुमा नमुना रहेको बताए साथै स्वस्थ रहन जीवनशैलीमा परिवर्तन ल्याउन आहार विहार व्यायाम जस्ताकुरा हरुमा ध्यान दिनुपर्ने बताए सो

नगर प्रमुख तपेन्द्र रावलले आफू निर्वाचित भए लगत्तै सिमा क्षेत्रमा ,तारबार पनि गरेको यसले हात्ती संगै नेपाली भुभाग अतिक्रमण हुनबाट रोक्न सफल भएको र सिमा संग जुडेको भएका कारण राज्यको उपस्थित देखाउने उदेश्यले बताए उनले थप्दै भने हात्ती र सिमा सुरक्षाको निम्ति पनि यो क्षेत्रमा हाम्रो ध्यान पुगेको छ शसत्र प्रहरीको पोस्ट ,स्वास्थ चौकी स्थापना भैसकेको छ त्यसैले हामीले सिमा क्षेत्रमा उपस्थिति रहनुकोकारण अवाञ्छित गतिविधि हुने गरेकोले भूगोल बाट हुने लागु औसध लगायत तस्कर हुने गरेको कुरा पनि सुनिन्छ त्यसलाई न्यूनीकरण गर्ने हामी सबैको दायित्व हो।

नगर पालीकाले डोर टु डिलेभरी सेवा सुरु गरेको छ त्यो सुबिधा लिन पनि अनुरोध गर्दै एम्बुलेन्स सुदुर पश्चिम प्रदेश कै नमुनाको रुपमा टीकापुर रहेको स्त्रीरोग विशेषज्ञ ,बालरोग विशेषज्ञ ,सुत्केरी सहजीकरण डोर टु डिलेवरी ,डाइलेसिस सेका, स्वस्थ शिक्षा खानेपानी लगायतको जोखिममा रहेका श्रीलंकाका नागरिक हरुलाइ राज्य उपस्थित भएको महसुस भएको छ।

रावलले भने स्थानीय जन प्रतिनिधि हरुलाइ काममा अड्चन थियो कानुन बन्यो रोम शहर रातारात बनेको थिएन फेरिपनी रोम सहर बन्यो समाजसेवा सबैले गर्न सक्दैन ६हजारमा काम गर्ने शिक्षक हरुको १३ हजार पुगेको छ पुषको नगर सभा बाट नगर बाट अवकाश स्वयंसेविका हरुलाइ उचित वयवस्था गर्ने कोशिश रहने बताए ।

विश्व स्वास्थ स्वयंसेवकदिवसको अवसरमा टीकापुर-१को साइकल वितरण कार्यक्रममा साइकल पाउदा खुसी स्वस्थस्वयंसेविका हरु

महिला स्वयंसेविकालाई न्यानो कपडा ,दराज सहित वितरण गरेको छ वडा अध्यक्ष दीर्घ ठकुल्लाले कार्यक्रमको समापन गरेका थिए ।

त्यसैगरी टीकापुर नगरपालिका-१ज्योति नगर स्थित ज्योति नगर शहरी स्वास्थ प्रबर्द्धन केन्द्र उद्घाटन सम्पन्न भएको छ। टीकापुर नगरपालिका १का अध्यक्ष गंगाराम आचार्यको अध्यक्षतामा टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावल को प्रमुख आतिथ्यमा ज्योति नगर स्वास्थ प्रबर्द्ध केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नेकपा एमाले टीकापुर नगर उपसचिव पदम सापकोटा ,नेपाली काङ्ग्रेसमा नगर सभापति नरेश खत्री , जनता समाजवादी पार्टी जिल्ला सचिव बिरेन्द्र साउद ,नेकपा समाजबादीका जिल्ला सदस्य दीर्घ राज जोसि ,स्वस्थ शाखा प्रमुख बलबहादुर रावल जनज्योति आधारभुत विद्यालय ज्योतिनगर वयवस्थापन समिति अध्यक्ष कमला शाही सामुदायिक एम एम टीकापुरका स्टेसन म्यानेजर एकेन्द्र तिमिल्सिना ,लगायत अतिथि हरुको उपस्थिति रहेको थियो ।

स्वयंसेवविका दिव्य श्वरी शाही ,रुकमिणी शर्मा,
जनज्योति आधारभुत विद्यालय वयवस्थापन समिति अध्यक्ष कमला शाही ,जसमा सचिव बिरेन्द्र साउद, नेकपा समाजवादीका जिल्ला सदस्य दीर्घ राज जोशी ,नेकपा माओवादी केन्द्र नगरकमीटी सदस्य राम बहादुर चौधरी ,नेपाली काङ्ग्रेस नगर सभापति नरेश खत्री ,पदम सापकोटा टीकापुर नगरपालिका स्वस्थ शाखा प्रमुख बलबहादुर रावल ले संबंधित बिषयमा आ आफ्ना धारणा राख्नु भएको थियो ।

प्रमुख अतिथि नगर प्रमुख तपेन्द्र रावलले टीकापुर नगरपालिकाले स्वास्थ क्षेत्रमा नमुना काम गरेर सम्मानित भएको बताउदै स्वस्थ क्षेत्रमा टीकापुर नगर का जम्मा ९ वडामा ११ वटा स्वस्थ चौकी स्थापन गर्न सफल भएको पनि बताउनु भयो ।

विज्ञापन