Uncategorized

कैलालीमा केहि नहुनेका लागी हामी छौ अभियानको निरंतरता

बिज्ञापन

कैलाली ३ कार्तिक

बिज्ञापन

केही नहुनेका लागि हामी छौ अभियान को सातौ दिन घोडाघोडी नगरपालिका वडा न ४ मा अति विपन्न परिवारलाई राहत वितरण गरिएको छ।

अमेरिकालाइ कर्मथलो बनायकि कैलाली घोडा घोडी नगरपालिकाकि ईन्द्रा ताडी बोहोरा को सहयोगमा र उहाँकै देवर कमल बोहोरा अाफैले प्रत्येक घरमा उपस्थिति भयर नगद सहित चामल,दाल,तेल,नुन,सोयाविन समस्यामा रहेका परिवारलाई हस्तान्तरण गर्नु भयको थियो।

राहत वितरण कार्यक्रममा विपन्न परिवार छनोट गर्दा घो.न.पा ४का अध्यक्ष टेक बहादुर वुढाले गर्नु भयको थियो। भने कार्यक्रम मा अध्यक्ष टेक व वुढा, ईलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी निरिक्षक भान व चन्द,अभियन्त लक्ष्मि प्रसाद भट्टराई ,कर्ण व भण्डारी ,जानुका चौधरी भण्डारि,होम प्र अाचार्य ,थम्मन बोहोरा,धर्म बिष्ट साथै सहयोगि दाता अमेरिका रहनु भयकि ईन्द्रा ताडी बोहोरा का देवर कमल बोहरा रहनु भयको थियो।

सातौं दिन सम्म करिब डेड लाख वरावरको खाद्य सामाग्री र नगद गरि सहयोग गरि सकियको अभियन्ता जानू चौधरी ले जानकारी दिनु भयो।
कहिले दाता वाट सहयोग मिलेको छ भने कहिले अाफैले उठायर पनि सहयोग अभियान अगाडि वढाई रहेका छौ।हामी जब राहात सामाग्री लियर पिडित परिवारको घरमा जान्छौ,वहाँ हरुको अबस्था देख्दा अाफ्नो जग्गा बेचेर पनि सहयोग गरौकि भन्ने भावना बैराग्गियर अाउछ।

अाजका वडा न ४का ३परिवार को हालत देख्दा मलाई त किन अायछु भन्ने लागो।यस्तो अवस्था देख्दा कस्को अाखा नरसाउला र? हामिले तपाईं हरुले फलानोलाई सहयोग गर्नुस भनेर कसैलाई भनेका छैनौ,वहाँ हरु अाफैले हामीलाई खवर गर्नु हुन्छ अनि हामी स्थानिय सरकारको सम्पर्क मा रहेर राहतको लागि जाने गर्छौ ।

निरन्तर अाठौ दिनको राहत वितरण कार्यक्रम सम्पन्न हुदाको क्षण अष्ट्रेलियामा अध्ययन गर्दै गरेका स्थानिय विष्णु भट्टराई र भारतको व्याङ्लोर को हेलो वल्र्ड कम्पनी मा कार्यरत सुख्खड शान्तिनगरका भाइ हरुको मौसम सुनारको सहयोग मा घोडाघोडी नगरपालिका वडा न ८ का ४ परिवारलाई नगद सहित खाद्यान्न पहस्तान्तरण गरियको हो।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय सुख्खडका DSP सागर बोहरा,घोडाघोडि उद्योग बाणिज्य संघ का अध्यक्ष जियालाल अाचार्य,वरिष्ठ उपाध्यक्ष नन्दराम सापकोटा,केही नहुनेका लागि हामी छौ अभियानका अभियन्ता हरु लक्ष्मि प्रसाद भट्टराई ,कर्ण ब भण्डारी,जानू चौधरी (भण्डारी) ,होम प्रसाद अाचार्य,थम्मन बोहोरा ,धर्म विष्ट,सहयोगि दाता मौषम सुनार,विष्णु भट्टराई का बुवा प्रकाश भट्टराई लगायत उपस्थित रहनु भयको थियो भने वितरण कार्यक्रम को ब्यवस्थापन वडा अध्यक्ष भिम व वोगटि ले गर्नु भयको थियो।

बिज्ञापन

Leave a Reply